समाचार
नक्कली मुद्रा र सुनसहित दुई जना पक्राउ
काठमाडौ । प्रहरीले नक्कली मुद्रा र सुनसहित बसुन्धाराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका–१० बस्ने ४८ वर्षीय दुर्गाबहादुर खत्री र भारतको लखनऊ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् । उनीहरूलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी ठोलीले...
कांग्रेसले सदस्यता विस्तार अभियान संचालन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान संचालन गर्ने भएको छ । उक्त अभियानबाट ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कांग्रेसले कार्ययोजना अघि सारेको हो । मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घर–घर...
कांग्रेसमा थप २२ वटा विभाग थप्न प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले थप २२ वटा विभाग थप्न प्रस्ताव गरेका छन् । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा थप २२ वटा थपेर ७० वटा विभाग बनाउन प्रस्ताव गरिएको छ । थापाका अनुसार, विभागहरूले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश...
इन्जिनियर्स एशोसिएसनद्वारा बालआश्रम र बृद्धाश्रमलाई सहयोग
मकवानपुर । नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेश समितिले ६१ औँ इन्जिनियर दिवसको अवसरमा आज सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बालआश्रम र बृद्धाश्रमलाई सहयोग गरेको छ । एशोसिएसनले हेटौंडा ११ नवलपुरस्थित अनाथ बालबालिकालाई आश्रय दिँदै आएको मामाघर नेपालमा खाद्यन्न सहयोग उपलब्ध गराएको हो । एशोसिएसनका बागमती प्रदेश अध्यक्ष रोहिणी पौडेलसहितको इन्जिनियरहरुको...
कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गर्ने भएको हो । पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी थालिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए । पार्टी सभापति...
निर्वाचन आयोगद्वारा ५१ दल कारबाहीमा
काठमाडौं । निर्वाचन आयोगले कानून बमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने ५१ राजनीतिक दललाई कारबाही गरेको छ । आयोगको कारबाहीमा पर्नेमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसमेत छन् । आयोगको कानून तथा राजनीतिक...
बागमती प्रदेशमा भाडा समायोजन ढिलाई
हेटौंडा । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजनमा ढिलाइ हुने भएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको भाडा दर सोमबारदेखि लागू हुने गरी घटाइसकेको छ । श्रम, रोजगार तथा यातायात...
मकवानपुरगढीस्थित एक घरमा आगलागी, ७ लाखको क्षति
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ सिम्लेस्थित एक घरमा सोमबार साँझ आगलागी भएको छ । स्थानीय पाण्डप श्रेष्ठको काठ र ढुङगा माटोले बनेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, श्रेष्ठ हाल काठमाडौं बसोबास...
मकवानपुरमा दुई जना मृत फेला
मकवानपुर । मकवानपुरमा सोमबार एकैदिन दुई जनाको शव फेला परेको छ । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा गरी दुई जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । जिल्लको इन्द्रसरोबर गाउँपालिका वडा नम्वर ४ पुरण्डिस्थित सोमबार एक जना युवती मृत अवस्थामा फेला...
एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । छलफलमा सहभागी नेताहरुले समसामयिक घटनाक्रम, संगठन...









