कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गर्ने भएको हो ।
पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी थालिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।
पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार तयारी थालिएको पौडेलले बताए । लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको छ ।
