मकवानपुरगढीस्थित एक घरमा आगलागी, ७ लाखको क्षति
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ सिम्लेस्थित एक घरमा सोमबार साँझ आगलागी भएको छ ।
स्थानीय पाण्डप श्रेष्ठको काठ र ढुङगा माटोले बनेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, श्रेष्ठ हाल काठमाडौं बसोबास गर्दै आएको र हाल घरमा कोही पनि बसेका थिएनन् ।
आगलागीबाट मानविय तथा चौपय क्षति भने भएको छैन । उक्त आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट घरमा रहेको अन्नपात, भाडा वर्तन, लत्ताकपडा गरी करिब ७ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
