नक्कली मुद्रा र सुनसहित दुई जना पक्राउ
काठमाडौ । प्रहरीले नक्कली मुद्रा र सुनसहित बसुन्धाराबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका–१० बस्ने ४८ वर्षीय दुर्गाबहादुर खत्री र भारतको लखनऊ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् ।
उनीहरूलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी ठोलीले बसुन्धाराबाट ४ किलो २ सय ग्राम नक्कली सुन तथा १६ हजार नक्कली भारतीय रूपैयाँसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरूमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट अनुसन्धान भइरहेको जनाइएको छ ।
