कांग्रेस केन्द्रीय समिति आज पनि बैठक

तु खबर संवाददाता
२०८० श्रावण ३, बुधबार ०८:२१
file-photo

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् ।

बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रतिवेदन पेस गर्दै सकिएको थियो ।

मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राखेका थिए । त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए ।

त्यस्तै, पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार संचालनका सम्बन्धमा प्रस्तुती दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा विषय राखेका थिए ।