बहुविवाहको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण ३, बुधबार १८:१३
सांकेतिक तस्बिर

काठमाडौं । बहुविवाह गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर घर भएका ४९ वर्षीय सन्जित पाण्डे रहेका छन् ।

पाण्डेलाई काठमाडौंको कुलेश्वरबाट मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, उनलाई मिना लोहनीले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्नका लागि पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।