समाचार

ललिता निवास प्रकरण : आरोपिमध्ये २ जना रिहा, अन्यको म्याद थप

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई अदालतले रिहा गर्न आदेश दिएको हो । उनीहरुलाई उमेर...

मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित बुधबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित सडकबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमासोही उपमहानगरपालिका–१५ फारलाईन बस्ने २९ वर्षीय विज्ञान लामा रहेका छन् । उनलाई ब्राउनसुगर करिब १ ग्राम ४ सय ९०...

सुन तस्करी प्रकरण : थप ४ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले सुन तस्करी प्रकरणमा बुधबार थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाई रहेका छन् । उनीहरुलाई काडमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुलाई संगठित सुन तस्करीको अभियोगमा म्याद...

दुर्घटनामा परेर युवकको मृत्यु

काभ्रे । काभ्रको धुलिखेल नगरपालिका वडा नम्बर–३ स्थित अरनिको राजमार्गमा सवारी दुर्घटनामा परेर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको धर्मवती गाउँपालिका वडा नम्बर ७ बस्ने २७ का सुरज गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको...

अवैधानिक रुपमा प्राध्यापक नियुक्त गरिएकोप्रति स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकर्षण

मकवानपुर । हेटौंडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसले अवैधानिक रुपमा तीन जना प्राध्यापक नियुक्त गरिएको भन्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाइएको छ । बुधबार स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर क्याम्पसका अध्यक्ष छोइसाङ लामा (स्याङ्तान) सहितको टोलीले क्याम्पसमा पुगेर क्याम्पस प्रमुख डा. शंकर प्रसाद उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उक्त ध्यानाकर्षण पत्रमा...

त्रिवि सेवा आयोगका अध्यक्षद्वारा पदभार ग्रहण

काठमाडौं । एक वर्षपछि नियुक्त भएका त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा.घनश्याम भट्टराईले पदभार ग्रहण गरेका छन् । भट्टराईले कीर्तिपुरस्थित त्रिवि सेवा आयोगको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए । शिक्षा, विज्ञान...

मकवानपुरमा थप ११ जनामा डेंगू संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा थप ११ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट ११ जनामा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा हेटौंडाका १० र भीमफेदी गाउँपालिकाका एक जनालाई डेंगू संक्रमण पुष्टि भएको...

माओवादीले विशेष अभियानका लागि केन्द्रदेखि वडासम्म जिम्मेवारी तोक्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषणा गरेको ‘जनतासँग माओवादी रूपान्तरण विशेष’ तीन महिने अभियानलाई सफल बनाउनका लागि प्रदेश इञ्चार्जहरुले आ–आफ्नो प्रदेशको अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ । आगामी भदौ १६ गतेदेखि सुरु हुने अभियानलाई प्रभावकारी बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरु र प्रदेश अध्यक्ष पदेन रहने गरी प्रदेश...

बुधबार २० अंकले घट्यो नेप्से

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ४८ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजारको कारोबार भएको...

खाद्यान्न माग गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लेख्यो भारतलाई पत्र

काठमाडौँ । नेपाल सरकारले भारतसँग १ लाख ५५ हजार टन खाद्यान्न उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेको छ । भारतले निर्यात प्रतिबन्ध नीति कार्यान्वयन गर्न सक्ने भन्दै नेपाली बजारमा आपूर्ति प्रभावित हुन नदिन सरकारले धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार गरेको हो । उद्योग वाणिज्य, तथा...