बुधबार २० अंकले घट्यो नेप्से

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ४८ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजारको कारोबार भएको छ ।
यसअघि मंगलबार मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ५६ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाखको कारोबार भएको थियो ।
आज नेप्सेमा गिरावट आएसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज सर्वाधिक हाइड्रोपावर उपसूचक १.८५ प्रतिशतले घटेको छ । त्यस्तै, आज उत्पादन तथा प्रशोधन, फाइनान्स आदि उपसूक घटेका छन् ।