मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित बुधबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित सडकबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमासोही उपमहानगरपालिका–१५ फारलाईन बस्ने २९ वर्षीय विज्ञान लामा रहेका छन् । उनलाई ब्राउनसुगर करिब १ ग्राम ४ सय ९० मिलिग्राम, गाँजा करिब ७० ग्राम र नगद १६ हजार ५ सय रुपैयाँसहित पक्राउ गरिएको हो ।
लामालाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
