समाचार

सोलुखुम्बुमा सुत्केरीको मृत्यु

काठमाडौँ । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा शल्यक्रियापश्चात् सुत्केरी महिलाको मृत्यु भएको छ । माप्यदुधकोशी गाउँपालिका– ३ खास्तापकी ३१ वर्षीया रुष्मा राईको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । बुधबार बेलुका ६ः४५ बजे शल्यक्रिया सफल भई छोरीलाई जन्म दिएकी राईको राती करिब २ बजे मृत्यु भएको हो । अप्रेसनमा संलग्न...

बिच्छीले टोकेपछि मकवानपुरका युवकले काटे आफ्नै यौनाङ्ग

मकवानपुर । बिच्छीले टोकेपछि मकवानपुरमा एक युवकले आफ्नै योनाङ्ग काटेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्वर– ७, स्थायी घर घई बुधबार राति हेटौंडा १० बसपार्कको फूलबारी होटल एण्ड लजमा बसेका २२ वर्षका नविन हुमागाईँले आफ्नै यौनाङ्ग (लिङ्ग) काटेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हुमागाईंले...

झरनाद्वारा २ विद्यालयमा काव्य प्रशिक्षण

मकवानपुर । साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले दुई वटा विद्यालयमा काव्य प्रशिक्षण गरेको छ । बुधबार बकैया गाउँपालिकाको बुद्ध मावि र बागमती गाउँपालिकामा रहेको जनता माविमा काव्य प्रशिक्षण गरेको हो । झसाप मकवानपुरले २९१ औँ साहित्य शृङ्खलाअन्तर्गत बुद्ध मावि हात्तिसुडेँमा उच्च माध्यमिक तहका विद्यार्थीहरुलाई काव्य प्रशिक्षण गरेको...

अवैध लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन ५ ग्राम ११ मिलिग्रामसहित प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेदकोट नगरपालिका–९ सुन्दरपुर बस्ने ३० वर्षीय संजिव भण्डारी र २३ वर्षीय बिवेक साउँद रहेका छन् । उनीहरुलाई प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो...

टाउकोमा चोट लागेको अवस्थामा युवकको शव फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ विशालबजारस्थित जनकपुर– ढल्केवर सडकखण्डमा आज बिहान एक युवकको शव फेला परेको छ । टाउकोमा चोट लागेको अवस्थामा हाल नाम, थर, बखत नखुलेको अन्दाजी २२÷२३ वर्षीय एक युवकको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ती युवकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने भएको छ । लामिछानेविरुद्ध आजबाट काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुने भएको हो । लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोप छ । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।...

अवैधानिक रुपमा नियुक्त गरिएको प्राध्यापकलाई घटाउन माग

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसमा विधि विधानभन्दा बाहिर रहेर नियुक्त गरिएको प्राध्यापकलाई हटाउन माग गर्दै संयुक्त विद्यार्थी संगठनले बिहीबार क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । क्याम्पसको विधि विधान भन्दा बाहिर रहेर क्याम्पस प्रशासन र व्यवस्थापन समितिले नियुक्त गरिएको प्राध्यापकहरुलाई तत्काल हटाउन माग गर्दै संयुक्त विद्यार्थी संगठनले क्याम्पस प्रमुख डा....

शिक्षा विधेयक सच्याउन माग गर्दै मन्त्री मोक्तानलाई ध्यानाकर्षण पत्र बुझाइयो

मकवानपुर । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले प्रतिनिधि सभामा पेस भएको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघका सचिव महमद समीमसहितको टोलीले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुधबार पाँचबुँदे सुझावसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । मन्त्री मोक्तानले ध्यानाकर्षण पत्र बुझ्दै सम्बन्धित निकायमा...

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा समेटिने

काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ । बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्यापटपको स्वीच थिचेर अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान सुरु गरेको औपचारिक घोषणा गरेका हुन् ।...

जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु

घोराही । दाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका–४ निवासी ११ वर्षकी अस्मिता सुनार रहेका छन् । बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकी थिइन् । अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलबार साँझ थप उपचारका लागि बुटवल लगिएकोमा बुटवलमा मृत्यु...