समाचार
शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३१ पैसा र बिक्री दर १७० रुपैयाँ ०८ पैसा...
सुन तस्करी प्रकरणः थप दुई जना चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिकहरु रहेको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरुलाई गएराति काठमाडौंबाट पक्राउ गरिएको हो । साउन ३१ मा सिआईबीले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार...
आज ओल्के पर्व मनाइँदै, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । आज ओल्के पर्व मनाइँदैछ । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज एक दिन सार्वजनिक बिदा दिइएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा भदौ १ गते ओल्के पर्व मनाउने चलन रहेको छ । ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई...
सडेगलेको अवस्थामा दुई जनाको सव भेटियो
काठमाडौँ । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् ।
बझाङमा भूकम्पको धक्का महसुस
बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३ गते बिहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू...
सशस्त्र प्रहरीका १२ जना उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस
काठमाडौं । सशस्त्र प्रहरीका १२ जना उपरीक्षकहरूलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिले रिक्त रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा १२ जना उपरीक्षकहरुको बढुवा गरेको हो । बढुवा सिफारिसमा चित्त नबुझ्ने उपरीक्षकहरुले सात दिनभित्र उजुरी दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ । हेर्नुहोस्...
प्राधिकरणले हटायो दुर्गममा अपरान्ह १२ बजेपछि जहाज उडाउन नपाउने नियम
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा अपरान्ह १२ बजेपछि जहाज उडाउन नपाउने नियम हटाएको छ । यसअघि छोटो धावनमार्ग भएका पहाडी भेगमा प्राधिकरणले अपरान्ह १२ बजेपछि उडानमा रोक लगाएको थियो । तर, हिमाली तथा पहाडी जिल्लामा विरोधपछि प्राधिकरणले उडानको नियम हटाएको हो । यस्तै, उडानलाई थप...
मकवानपुरमा डेंगू संक्रमितको संख्या १६३ पुग्यो, सबैभन्दा धेरै हेटौंडाका
मकवानपुर । मकवानपुरमा एक महिनाको अवधिमा डेंगू संक्रमितको संख्या १६३ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट ७ जनामा डेंगू संक्रमण पुष्टि भएसँगै कूल संख्या १६३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो । जिल्लामा...
रास्वपाद्वारा प्रदेश र जिल्ला अनुशासन आयोगका लागि आवेदन माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र जिल्ला अनुशासन आयोग गठनका लागि पदाधिकारी र सदस्यको आवेदन माग गरेको छ । रास्वपाले साउन ३० मा प्रदेश र जिल्ला अनुशासन आयोग गठनका लागि पार्टीको प्रदेश, जिल्ला, पालिका र वडाको नेतृत्वलाई परिपत्र गरी सात दिनभित्र आवेदन दिन माग गरेको हो...
उत्तराखण्डमा घर भत्किँदा दुई नेपालीको ज्यान गयो
काठमाडौं । भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किँदा दुई नेपाली नागरिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, मृत्यु भएकामध्ये एक जनाको घटनास्थलमा...










