समाचार
अब श्रम विभागका सम्पूर्ण क्रियाकलाप अनलाइनबाट हुने
काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका सम्पूर्ण क्रियाकलाप अब अनलाइन प्रणालीमार्फत हुने भएका छन् । विभागले प्रवाह गर्दैै आएको सेवालाई शुक्रबार एक कार्यक्रम आयोजना गरेर ‘एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली’ (लेमिस) शुभारम्भ गरेसँगै सबै सेवा प्रवाह अनलाइन प्रणालीबाट हुने भएको हो । विभागका प्रवक्ता तथा निर्देशक मणिनाथ गोपले...
माओवादीले थप्यो दुई जना केन्द्रीय सदस्य
काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्य थप गरेको छ । माओवादीले बाबुराम गौतम (ओखलढुंगा) र अशोक कुमार मण्डल ‘अमर’ (सप्तरी) लाई केन्द्रीय सदस्यमा थप गरिएको हो । गौतमले कोशी प्रदेश सभामुखबाट राजीनामा दिएसँगै माओवादीले केन्द्रीय सदस्य बनाएको हो । यस्तै, मण्डल यादव उनी जनयुद्धकालीन नेता हुन्...
धितोपत्र बोर्डद्वारा थप ५ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप कम्पनीलाई ५ सेयर ब्रोकर लाइसेन्स दिएको छ । साउन ३२ मा अर्थात बिहीबार बसेको बोर्ड संचालक समितिको बैठकले ३ वटालाई सीमित कार्य गर्न र २ वटालाई पूर्ण कारोबार गर्ने गरी ब्रोकरको अनुमति दिएको हो । लाइसेन्सको अनुमति पाउनेमा हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा, सनी...
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ
चितवन । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थीलाई प्रहरीले गएराति चितवनबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज ७ ठेगाना भएका नसिम अख्तर रहेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई चितवनबाट काठमाडौं लगिँदै...
आजबाट बागमतीको सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क
मकवानपुर । बागमती प्रदेशमा आजबाट प्रदेश मातहतमा रहेका सबै प्रादेशिक अस्पतालहरुमा विरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । गत साउन २२ गते बसेको मन्त्रीस्तरको निर्णय अनुसार प्रदेशका १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ वटा शय्या नागरिकहरुका लागि निःशुल्क उपलब्ध हुने भएको हो । सो सेवा आज भदौ १...
कोशीको प्रदेश सभा बैठक आज बस्दै
विराटनगर । कोशी प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची रहेको छ । आजैबाट २०८०–८१...
पहिरोका कारण अवरुद्ध कान्तिलोकपथमा पुनः यातायात संचालन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा पहिरो पन्छाई आज बिहानबाट पुनः यातायात संचालनमा ल्याएको छ । उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुर जिल्लाको भटेटेडाँडास्थित गएराति गएको पहिरो पन्छाई आज बिहान ९ बजेबाट पुनः यातायात संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोका...
हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसर्पाकबाट प्रहरीले लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने २७ वर्षीय न्यामदिन अन्सारी रहेका छन् । उनलाई विशेष सुचनाको आधारमा लागूऔषध कोरेक्स २५० एमएलसहित पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल निकट रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको...
प्रधान सेनापति शर्मा भारत भ्रमणमा जाँदै
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । सेनापति शर्मा आगामी भदौ ७ गतेदेखि ११ गतेसम्मका लागि भारत भ्रमणमा जाने भएका हुन् । सम्मेलन भारतीय सेनाप्रमुख र अमेरिकी सेनाप्रमुखले संयुक्त रुपमा आयोजना हुने ‘इन्डो प्यासिफिक आर्मी चिफ्स कन्फरेन्स’ मा सहभागी हुन शर्मा भारत...










