समाचार

प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीको अवसर सार्वजनिक बिदा

सुर्खेत । कर्णाली सरकारले आगामी भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो । मन्त्रालयले कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा...

जंगली च्याउ खाएर आमा–छोरीको ज्यान गयो

दाङ । दाङमा जंगली विषालु च्याउ खाएर आमा–छोरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरी अस्मिता सुनुवार रहेका छन् । च्याउ खाएर बिरामी परेकी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोहीमा उपचारका क्रममा शुक्रबार ज्यान गएको जिल्ला प्रहरी...

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्यो

काठमाडौं । पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग संख्या बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्ष मात्र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या २ लाख ७० हजारले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म १ करोड ८३ लाख ७ हजार २५५ रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या...

कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसहित को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने समय...

पूर्व केन्द्रीय सदस्य न्यौपानेको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार निधन भएको पूर्व केन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै न्यौपानेको शोकमा केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने जानकारी गराएको हो । जारी विज्ञप्ती...

आफ्नै श्रीमतीको हत्या गरेको अरोपमा श्रीमान् पक्राउ

बर्दिया । बर्दियामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा बिहीबार श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–१ सानोडाँफे बस्ने ५१ वर्षीय कृपाल सुनार रहेका छन् । कृपाललाई आफ्नै श्रीमती ४० वर्षीया केस कुमारी विकको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आफ्नै श्रीमतीको हत्या गरेको...

माओवादी केन्द्रद्वारा केही पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय केही पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी संघको समेत संयोजन सचिव दिनानाथ शर्माले गर्नेगरी फ्रायाक्सन इञ्चार्जमा केन्द्रीय सदस्य कृष्णध्वोज खड्कालाई जिम्मेवारी दिइएको छ । यसैगरी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनको सह–इञ्चार्जमा केन्द्रीय सदस्य शिवराम यादव, स्थायी...

अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँ, मकवानपुर, मोरङ र कैलाली गरी चार छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले तनहुँको आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ केजी २ सय २० ग्रामसहित व्यास नगरपालिका–१० बस्ने...

कांग्रेस पूर्व केन्द्रीय सदस्य न्यौपानेको निधन

काठमाडौं । नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य तथा वरिष्ठ अधिवक्ता हरिप्रसाद न्यौपानेको निधन भएको छ । ७२ वर्षीय न्यौपानेको शुक्रबार बिहान ७ बजे काठमाडौंको मध्यवानेश्वरस्थित आफ्नै निवासमा न्यौपानेको निधन भएको हो । न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । उनको निधनबाट कांग्रेसले एक अनुभवी...

जसपाले पार्टीको विधानबाट उमेर हद हटायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल ले पार्टीको विधानबाट उमेर हदको प्रावधान हटाएको छ । पार्टीको विधान अधिवेशनबाट तय गरिएको उमेर हद हटाएर कार्यकालको प्रावधान राखिएको हो । जसपाले पार्टी केन्द्रीय सदस्यको उमेर हद ७० तय गरेको थियो । विधानको धारा–८६ को उपधारा (१) मा ७० वर्ष उमेर...