कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री थापाले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसहित को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए । सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको उनले बताए ।
थापा गत साउन १६ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
