कांग्रेस पूर्व केन्द्रीय सदस्य न्यौपानेको निधन
काठमाडौं । नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य तथा वरिष्ठ अधिवक्ता हरिप्रसाद न्यौपानेको निधन भएको छ ।
७२ वर्षीय न्यौपानेको शुक्रबार बिहान ७ बजे काठमाडौंको मध्यवानेश्वरस्थित आफ्नै निवासमा न्यौपानेको निधन भएको हो ।
न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।
उनको निधनबाट कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनको श्रीमती र दुई छोरा छन् ।
