आफ्नै श्रीमतीको हत्या गरेको अरोपमा श्रीमान् पक्राउ
बर्दिया । बर्दियामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा बिहीबार श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–१ सानोडाँफे बस्ने ५१ वर्षीय कृपाल सुनार रहेका छन् ।
कृपाललाई आफ्नै श्रीमती ४० वर्षीया केस कुमारी विकको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ पुगेको ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
