बझाङमा भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८० भाद्र १, शुक्रबार ०८:०४

बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत साउन ३ गते बिहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।