टाउकोमा चोट लागेको अवस्थामा युवकको शव फेला

तु खबर संवाददाता
२०८० श्रावण ३२, बिहीबार १०:१२
सांकेतिक तस्वीर

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ विशालबजारस्थित जनकपुर– ढल्केवर सडकखण्डमा आज बिहान एक युवकको शव फेला परेको छ ।

टाउकोमा चोट लागेको अवस्थामा हाल नाम, थर, बखत नखुलेको अन्दाजी २२÷२३ वर्षीय एक युवकको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ती युवकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।