जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु
घोराही । दाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका–४ निवासी ११ वर्षकी अस्मिता सुनार रहेका छन् ।
बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकी थिइन् । अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलबार साँझ थप उपचारका लागि बुटवल लगिएकोमा बुटवलमा मृत्यु भएको हो ।
मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइसियुमा राखेर उपचार भइरहेको छ ।
उनका श्रीमान् अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ । जङ्गलमा भेटिएको च्याउ पकाएर खाँदा बङ्गलाचुली गाउँपालिका–४ मा एकै घरका तीन जना बिरामी परेका थिए ।
