अवैध लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन ५ ग्राम ११ मिलिग्रामसहित प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बेदकोट नगरपालिका–९ सुन्दरपुर बस्ने ३० वर्षीय संजिव भण्डारी र २३ वर्षीय बिवेक साउँद रहेका छन् । उनीहरुलाई प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनीहरूले सु.प.प्र.०२–००३ प ३०८८ नम्बरको मोटरसाइकल डोर्याउँदै लगिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
