सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने

तु खबर संवाददाता
२०८० श्रावण ३२,बिहीबार १०:००
file-photo

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने भएको छ । लामिछानेविरुद्ध आजबाट काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुने भएको हो ।

लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोप छ । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो ।