राजनीति/ समाज
स्वदेश फर्कँदै प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदैछ । प्रधानमन्त्री ओली चार दिने चीन भ्रमण सकेर आज स्वदेश प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २ः३० बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेका छन् । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपतिलगायत विभिन्न...
मउवा संघको अध्यक्षमा प्रमोद सिं रानाभाटले गरे उम्मेदवारी घोषणा
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि प्रमोद सिं रानाभाटले उम्मेदवारी घोषणा गरेका छन् । संघको ३ वर्षे कार्यकालका लागि उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । यही मंसिर २४ गतेदेखि २७ गतेसम्म हुने संघको ५८ औँ साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछ । त्यसका...
उपनिर्वाचन सफल बनाएकोमा कांग्रेस बागमतीद्वारा आभार
मकवानपुर । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाएकोमा नेपाली कांग्रेस बागमती प्रदेश समितिले सबैप्रति आभार व्यक्त गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बुधबार एक सन्देश जारी गर्दै स्थानीय तहको उप–निर्वाचन, २०८१ उत्साहपूर्ण रुपमा सम्पन्न भएको बताए । ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनमार्फत्...
बाढीपहिरो पीडितलाई ५ लाख सहयोग
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितलाई पाँच लाख सहयोग गरेको छ । अन्तरमहादेशीय संगठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकमको हस्तान्तरण गरेको हो । सो क्रममा चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि यूरोप...
आज दुई वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । सो बैठकमा विद्यालय शिक्षा विधेयक,...
अस्पताल भर्ना भए राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोटेस्टसम्बन्धी उपचारका लागि आज अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार, उनलाई भर्ना गरेर शल्यक्रियाको प्रकृया सुरु गरिएको हो ।
प्रधानमन्त्रीको चीन भ्रमणः आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिने
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिने भएका छन् । उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य राख्ने भएका हुन् । प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन...
हेटौंडा–१२ का नवनिर्वाचित वडाध्यक्ष तिवारीले लिए शपथ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का नवनिर्वाचित वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले शपथ लिएका छन् । नवनिर्वाचित वडाध्यक्ष तिवारीले सोमबार उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उनलाई हेटौंडा उपमहानगरपालिकाको प्रमुख मीनाकुमारी लामाले शपथ ग्रहण गराएकी हुन् । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा...
रवि लामिछानेलाई चितवन लगियो
चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । सभापति लामिछानेलाई बुद्ध एयरमार्फत् चितवन लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक जाहेरी...
मन्त्री महर्जनद्वारा बकैया खेलग्रामको उद्घाटन
हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिका वडा नम्वर–५ कर्मचुलीस्थित बकैया खेलग्रामको उद्घाटन गरेका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा जन एकता क्लबको समन्वयमा निर्माण गरिएको खेलग्रामको सोमबार एक समारोहका बीच उद्घाटन गरिएको हो । सो अवसरमा...









