राजनीति/ समाज

संसदीय समितिको बैठक आह्वान

काठमाडौं । संसदीय समितिको बैठक आह्वान गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यही मंसिर १९ गते बस्ने गरी बैठक आह्वान गरेको हो । समितिले विद्यालय शिक्षा विधेयकमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक समितिको सचिवालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो ।...

शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल नियुक्त

काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देललाई नियुक्त गरिएको छ । सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा रिक्त सो पदमा सिग्देललाई नियुक्त गरिएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई लाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो । सोमबार मन्त्रालयमा सिग्देलले कार्यभार सम्हालेका छन् ।...

उपनिर्वाचनः कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोलको अग्रता रहेको छ । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरलाई पछि पार्दै आग्रता कायमै राखेका हुन् । डंगोलले २ हजार ९३० मत प्राप्त गर्दा मानन्धरले २ हजार ३८४ मत पाएका छन् । यद्यपी मानन्धरभन्दा डंगोल...

नुवाकोट–२ को वडाध्यक्षमा माओवादीका घिमिरे विजयी

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण घिमिरे विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा घिमिरेले प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उम्मेदवार सूर्य तामाङलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दा तामाङले ५८७ मत प्राप्त गरे । त्यस्तै...

कार्यबाहक प्रधानमन्त्रीमा प्रकाशमान सिंह

काठमाडौं । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री केपी ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्तान गरेका छन् । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा दैनिक प्रसाशनिक कार्य गर्न उपप्रधानमन्त्री...

मोरङको ग्रामथानमा माओवादीका माझी र दैलेखको महाबुमा एमालेका शाही विजयी

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् भने दैलेखको महाबुमा नेकपा एमालेका जंगबहादुर शाहीले जित निकालेका छन् । ग्रामथानमा माझीले ६ हजार ९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५ हजार ३३३ मत...

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो । विहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समय अनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ...

हेटौंडा उपमहानगरका वडामा शुन्य बन्यो माओवादी

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका १२ मा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएसँगै नेकपा माओवादी केन्द्रलाई धक्का लागेको छ । २०७९ को स्थानीय तह निर्वाचनमा कूल १९ वडामध्ये माओवादीले १२ नम्वर वडामा मात्रै जित निकालेको थियो । माओवादीबाट निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख...

हेटौंडा-१२ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी

मकवानपुर । हेटौंडा-१२ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत भएको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । तिवारी ५०३ मतअन्तरले विजयी भएका हुन् । कुल खसेको ५ हजार ४८४ मत खसेकोमध्ये ७६ बदर भएको छ । बाँकी ५ हजार ४ सय ८ मतमध्ये तिवारीले २०६३...

स्थानीय तह उपनिर्वाचनः हेटौंडा–१२ मा ६८ प्रतिशत मात्रै मत खस्यो

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा वडाध्यक्ष पदका लागि ६८ प्रतिशत मात्रै मत खसेको छ । कुल ८ हजार ५३ मतदाता रहेको उक्त वडामा नयाँ नेतृत्व चयनको लागि ६८ दशमलव ०८ प्रतिशत अर्थात निबित मतपत्रसहित ५ हजार ४ सय ८६ मत खसेको...