राजनीति/ समाज

स्थानीय तह उपनिर्वाचनः हेटौंडा–१२ मा मतदान सकियो

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा वडाध्यक्ष पदका लागि भएको मतदान प्रकृया सकिएको छ । भोर्लेस्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्र गरी २ वटा मतदानस्थलमा बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको...

चार देशका राजदूतद्वारा शपथ ग्रहण

काठमाडौं । चार देशका लागि नियुक्त भएका राजदूतहरुले शपथ ग्रहण गरेका छन् । उनीहरुले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा उनीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गर्नेहरुमा क्रमशः संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी,...

हेटौंडा–१२ उपनिर्वाचनः विष्णु ज्योति आधारभूत विद्यालय केन्द्रमा २३२५ मत खस्यो

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा वडाध्यक्ष पदका लागि हाल मतदान जारी छ । कडा सुरक्षा व्यवस्थापनका बिच मतदान भइरहेको हो । भोर्लेस्थित विष्णु ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा हालसम्म २ हजार ३ सय २५ मत खसेको छ । जसमा एक हजार ५९...

प्रतिभा आधारभूत विद्यालयको मतदान केन्द्रमा २८ सयभन्दा बढी मत खस्यो

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा वडाध्यक्ष पदका लागि हाल मतदान जारी छ । कडा सुरक्षा व्यवस्थापनका बिच मतदान भइरहेको हो । सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा हालसम्म २ हजार ८ सय ५९ मत खसेको छ । ४ हजार ४ सय २८...

उपनिर्वाचनः रिक्त ४१ पदका लागि शान्तिपूर्ण रूपमा मतदान जारी

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज देशभरका विभिन्न ४१ पदका लागि हाल मतदान जारी छ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको हो । उक्त पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदान उत्रिएका छन् । जिल्ला समन्वय समिति...

उपनिर्वाचनः हेटौंडा–१२ मा मतदान सुरु

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१२ मा वडाध्यक्ष पदका लागि मतदान सुरु भएको छ । कडा सुरक्षा व्यवस्थापनका बिचमा २ मतदान स्थलमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो । भोर्लेस्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्र गरी २ वटा मतदानस्थलमा...

हेटौंडामा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीसम्बन्धी गोष्ठीको समापन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीसम्बन्धी दुई दिने प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको समापन गरिएको छ । प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा बिहीबारबाट सुरु भएको उक्त प्रदेश स्तरीय गोष्ठी शुक्रबार समापन गरिएको हो । सो क्रममा बोल्दै खानेपानी, उर्जा तथा सिंचाई मन्त्री...

रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सम्पन्न भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंमा लिएको बयान सकिएको हो । बिहान ९ बजेदेखि सुरु भएको उनको बयान करिब साढे ६ घण्टा लामो समयपछि दिउँसो ३ः३० बजेसकिएको हो । उनलाई सहकारीको...

उपराष्ट्रपति र थाइल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ्ग सिरिसोर्नबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । सो क्रममा शुभकामना आदानप्रदानका साथै दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध र सहकार्य, पर्यटन, व्यापार क्षेत्रमा लगानीलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।...

उपनिर्वाचन मतगणनाको परिणाम वेबसाइटमा हेर्न पाइने

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मतगणना आयोगको वेबसाइटमा हेर्न पाइने भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएकी हुन् । जारी विज्ञप्ति अनुसार, यही १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५...