राजनीति/ समाज

आज तीन संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । जसअनुसार आज दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ । सो बैठकमा...

कांग्रेसद्वारा कैलाशको ४ वडामा प्रशिक्षण

मकवानपुर । नेपाली कांग्रेसले कैलाश गाउँपालिकाको ४ वटा वडाको पार्टीका क्रियाशील सदस्य र जनप्रतिनिधिबीच संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ । कांग्रेस कैलाश ६ नम्बर वडाको आयोजना तथा कैलाश गाउँपालिका कार्यसमितिको समन्वयमा कैलाश ६ को पकनीमा शनिबार कैलाश १,२,५ र ६ नम्बर वडाको संयुक्त प्रशिक्षण कार्यक्रम भएको हो । कांग्रेस...

एमाले सचिवालय बैठक मंसिर २५ मा बस्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक यही मंसिर २५ गते बस्ने भएको छ । बैठक मंसिर २५ गते दिउँसो ४ बजे बस्ने गरी बोलाएको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ । बैठक यही मंसिर २४ गते बिहान ९ बजे बस्ने गरी बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मुख्यसचिव पौडेलका अनुसार, बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बोलाइएको हो । सो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका...

प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए शपथ

मकवानपुर । एक साता अघि बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको उपस्थितीमा सदस्य खड्कालाई शपथ गराएका हुन्...

बिआरआई सम्झौता कार्यान्वयन हुन नसक्ने कमल थापाको दाबी

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष तथा पूर्ब परराष्ट्रमन्त्री कमल थापाले छिमेकी मुलुक चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन हुन नसक्ने दाबी गरेका छन् । बिआरआई सम्झौता स्वागतयोग्य भएपनी यो सम्झौता कार्यान्वयनमा आशङ्का गरेका हुन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीनसँगको सम्झौता कार्यान्वयन नहुने दादी...

माओवादीको स्थायी कमिटी बैठक आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठक यही मंसिर २७ गते बस्ने गरी बोलाइएको हो । बिहीबार बसेको पदाधिकारी बैठकले मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । साथै पदाधिकारी बैठकले यही मंसिर २३ र २४ गते हुने...

स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली चारदिने चीन भ्रमण सकेको आज दिँउसो काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् । उनी मंसिर १७ गते चीन भ्रमण गएका थिए ।

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाद जारी छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निवास खुमलटारमा बसिरहेको हो । बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको स्थगित २३ औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।...

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।