राजनीति/ समाज

कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् । गोरखाका श्रेष्ठलाई आइतबार उक्त पदमा नियुक्त गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गरिएको हो...

राष्ट्रपतिद्वारा डेनमार्कको लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार सुम्निमा तुलाधरलाई डेनमार्ककको राजदूतमा नियुक्त गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई डेनमार्ककको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका नेता साहको निधन

काठमाडौं । नेपाली कांग्रेस नेता जय गोपाल साहको निधन भएको छ । मोरङ जिल्ला कार्यसमितिका सदस्य समेत रहेका उनको गएराति निधन भएको हो । ५१ वर्षीय उनको बी एण्ड सी मेडिकल कलेज बिर्तामोडमा उपचारका क्रममा निधन भएको जनाइएको छ । उनी पूर्व महाधिवेशन प्रतिनिधि समेत हुन् । उनको निधनप्रति...

राप्रपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । शुक्रबार र शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । बैठक आगामी माघ ११ र १२ गते काठमाडौंमा बस्ने गरी बोलाइएको प्रवक्ता मोहन प्रसाद श्रेष्ठले जानकारी दिए । त्यस्तै,...

एमालेले सचिवालय बैठक बोलायो

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । यही पुष १० गते बुधबार बस्ने गरी सचिवालयको बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो । बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी...

आज रवि लामिछानेविरुद्ध अभियोग पत्र दर्ता गरिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता गरिँदैछ । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्धसहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो । उनीहरुविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोग दर्ता गराउन लागेको हो ।...

उपप्रधानमन्त्री सिंहद्वारा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । शनिबार रजैयामा एक औपचारिक कार्यक्रमबीच उक्त भवनको शिलान्यास गरिएको हो । उक्त भवनको शिलान्यास उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका हुन् । सो क्रममा बोल्दै उनले भवनको निर्माणको कार्य तोकिएको समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन...

नेता बानियाँको मनहरीमा सम्पर्क कार्यालय स्थापना

हेटौंडा । रमकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्नो चुनावी क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गरेका छन् । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शनिबार एक कार्यक्रमबीच कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य बानियाँको सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् । उपप्रधानमन्त्री सिंहले...

युवा पलायन रोक्न राज्यले उचित सम्बोधन गर्नुपर्छः मन्त्री महर्जन

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप उपलब्ध गराउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । प्रदेश युवा परिषद्ले हेटौंडामा आयोजना गरेको ‘राष्ट्रिय युवा कविता उत्सव २०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले...

एकीकृत समाजवादीले सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोक्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । जसअन्तर्गत नेकपा एकीकृत समाजवादी सातै प्रदेशको लागि इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख गरिएको छ । इन्चार्जमा भने पदाधिकारीलाई प्राथमिकता दिएको छ । कोशी प्रदेशको...