राजनीति/ समाज

मन्त्री र सचिवलाई प्रदेश राजधानीमै बस्न मुख्यमन्त्रीको निर्देशन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशका मन्त्री र सचिवहरुलाई केही दिन प्रदेश राजधानी हेटौंडामा नै बस्न निर्देशन दिएका छन् । मुख्यमन्त्री लामाले आफू नेतृत्वको सरकारका रहेका मन्त्रीहरुलाई चार दिन र सचिवहरुलाई पाँच दिन हेटौंडामा बस्न निर्देशन दिएका हुन् । मंगलबार हेटौंडा–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

रास्वपाको कार्यबाहक सभापतिमा डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवहाक सभापतिमा डीपी अर्याल चयन भएका छन् । सोमबार जुममार्फत् बसेको रास्वपा सचिवालय बैठकले उनलाई कार्यवाहक सभापतिमा चयन गरेको हो । बैठक दलका उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा बसेको हो । दलको नेता भने थप छलफल गरेर तोकिन जनाइएको छ ।

सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न मन्त्री लामाको आग्रह

हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरेकी छन् । मन्त्री लामाले सोमबार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको मातहतमा रहेको चितवन उद्योग तथा वाणिज्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गँर्दै यस्तो आग्रह गरेकी हुन् । मन्त्री...

सभामुखलाई रास्वपाको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । संसदीय दलका नेता रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन नगर्न आग्रह गर्दै सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका हुन् । रास्वपा सांसद सन्तोष परियार, सोभिता गौतम र गणेश पराजुली लगायतले भेटेर सभापति लामिछानेलाई पदबाट निलम्बन नगर्न...

चुरियामाई सुरुङको जिम्मा हेटौंडा उपमहानगरपालिकालाई

मकवानपुर । चुरियामाई सुरुङमार्गको व्यवस्थापन तथा संचालनको जिम्मा हेटौंडा उपमहानगरपालिकाले पाएको छ । उक्त सुरुङ मकवानपुरको हेटौंडा–१५ नम्वर वडामा अवस्थित चुरियामाई मन्दिरसँगै रहेको छ । जीर्णोद्धारको लामो पर्खाइपछि बागमती प्रदेश सरकारले आज एक औपचारिक कार्यक्रममार्फत् हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले हेटौंडा...

माओवादीद्वारा लेखा समिति सभापतिको राजीनामा माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ । सोमबार सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति पोखरेलको राजीनामा मागेका हुन् । सहकारीमा परिवार जोडिएको र लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने भन्दै माओवादीले उनको राजीनामा माग गरेको...

युवा तथा खेलकुद मन्त्रालय र अन्तरगतका निकायहरुको प्रथम त्रैमासिक समीक्षा

मकवानपुर । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालय र मातहतका निकायहरुको आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा बैठक भएको छ । बैठकलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफु मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र सो बजेट निकै न्यून भएका कारण युवा...

नवनियुक्त पाँच राजदूतद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त विभिन्न देशका पाँच राजदूतले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा. शङ्करप्रसाद शर्माले शपथ ग्रहण गरेका हुन्...

कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्ती आज मनाइँदैछ । नेपाली कांग्रेस, यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै जन्मजयन्ती मनाउन लागिएको हो । विक्रम संवत २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र...

रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दिउँसो पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसहित ४४ जनाविरुद्ध अभियोगपत्र दर्ता गराएको हो । सरकारी वकिल कार्यालयकी सूचना अधिकारी शान्तिदेवी शर्माले ३१ व्यक्ति, आठ...