राजनीति/ समाज
मैले राजीनामा दिने भन्ने कुरा बेकारको होः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् । सत्तारुढ दल नेकपाभित्र आफूविरुद्ध घेराबन्दी भइरहेका बेला बुधबार प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिने भन्ने कुरा बेकारको भएको बताएका हुन् । ‘म कतै पसे भने सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ, राजीनामा दिन पस्यो । तर, तपाईंहरु विचार गर्नुस्, के...
हेटौंडाका २९ जना नेपाली काँग्रेसमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ घट्टेदमारमा विभिन्न पार्टी परित्याग गरी २९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार घट्टेदमारमा निर्मित खेलमैदान उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाका...
महरा पत्नीको निधनबाट सभामुख मर्माहत
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । सभामुख सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै स्व महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । सभामुख सापकोटाले विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक...
अब के गर्लान् ओलीले ? : यस्ता छन् सम्भावित कदम
काठमाडौं । सत्तारुढ दल नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदमका बारेमा पनि चर्चा हुन थालेको छ । उनले चाल्न सक्ने सम्भावित संवैधानिक कदममा मध्यावधि निर्वाचन, संकटकाल घोषणा, पार्टी विभाजन गर्ने अध्यादेश र अन्ततः गठबन्धनको सरकार गठन हुने आँकलन गरिएको छ...
कोरोना संक्रमणबाट पूर्वसभामुख महराकी पत्नीको निधन
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचाररत उनको बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई...
नेपालको पुरानो क्षेत्रफल नै त्रुटिपूर्ण, नयाँ क्षेत्रफल १,४८,००६.६७ वर्गकिमि प्रस्ताव
नापी विभागले नेपालको कूल क्षेत्रफल १ लाख ४८ हजार ६ दशमलव ६७ वर्गकिलोमिटर हुने प्रस्ताव गरेको छ । विभागले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर तयार पारिएको क्षेत्रफलको प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको छ । नापी विभाग स्रोतका अनुसार प्रोजेक्सन सिस्टमबाट मुलुकको क्षेत्रफल...
सासंद सुर्यबहादुर केसीको निधन
काठमाडौँ । प्रतिनिधि सभाका सदस्य माननीय सुर्यबहादुर केसीको निधन भएको छ । प्रतिष्ठित व्यवसायीसमेत रहेका केसीको गएराती १०ः३० बजे पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा निधन भएको हो। उनको ६३ वर्षीय उमेरमा निधन भएका हो । उनी उच्च रक्तचाप र मधुमेहबाट ग्रसित थिए। राप्रपा पार्टीबाट राजनीतिमा प्रवेश गरेका उनी गत...
एक होलान् माधव नेपाल र ओली ?
काठमाडौं । गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए। कतिले अनुमान लगाए– अब नेकपा विभाजन हुँदै छ, उनलाई फेरि सक्रिय हुन...
भरतपुर महानगरको आइसोलेशनमा रहेकाको पीसीआर परीक्षण निःशुल्क
चितवन । भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेशनमा रहेका सङ्क्रमितको पुनःगरिने पीसीआर परीक्षण पनि निःशुल्क गर्ने भएको छ । महानगरले सो आइसोलेशनमा रहेका खानपान, उपचार, आवास सबै व्यवस्था निःशुल्करुपमा गर्दै आएको छ । महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएका महानगरवासीलाई उपचार गर्दै...
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधान समूहको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यवसायिक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले मतदाताले आफूलाई बिजयी बनाउने विश्वाससहित प्रधानले महासंघको उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । उनले देशको...










