राजनीति/ समाज

आज नेकपा सचिवालय बैठक

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बैठक आज बुधबार बस्न लागेको हो । यद्यपि यस अवधिमा विविध राजनीतिक प्रतिक्रिया आएकाले बैठक नबस्ने सम्भावना पनि त्यत्तिकै रहेको राजनीतिक वृत्तमा चर्चा छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक सार्न खोजेको बुझिएको छ भने...

नेकपा सचिवालयको बैठक सार्न ओली पक्षको प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्षसँग प्रस्ताव गरेको छ । कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो । प्रधानमन्त्री...

नेकपा नेता खड्काको निधन

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । धुर्कोट गाउँपालिका १ स्थित घरमा सुतिरहेका खड्कालाई मंगलबार राति १ बजेतिर अचानक रिंगटा लागेपछि उपचारको लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा उनको २ बजे निधन भएको हो । २०२३ साल असारमा धुर्कोट गाउँपालिका...

दुर्घटनाको डिलमा नेकपा

काठमाडौँ । तीन वर्षअघि विपरीत ध्रुवमा रहेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनसहित पार्टी एकताको सैद्धान्तिक सहमति भएको थियो । त्यो सहमतिका मुख्य योजनाकार थिए– केपी शर्मा ओली र पुष्पकमल दाहाल । त्यही सहमतिको जगमा ‘कमान्ड’ गरेर उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभामा दुई तिहाइ मतसहित गठबन्धनलाई जिताए र पार्टी एकता पनि...

कांग्रेस कार्यसमिति बैठक : थापा सहमहामन्त्री, पाण्डे सांसद

काठमाडौँ । फागुनमा महाधिवेशन सम्भव नदेखिँदा पनि नेताहरूबीचको अविश्वासका कारण कांग्रेसले अर्को तालिका ल्याउन सकेको छैन । सभापति शेरबहादुर देउवाको पृष्ठभूमि र पार्टी सञ्चालनका पछिल्ला गतिविधिप्रति सशंकित वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षीय नेताहरूले महाधिवेशनको तालिका संशोधन गर्न नदिएका हुन् । नियमित समयमा नसकेर एक वर्ष थप्दासमेत महाधिवेशन गराउन नसकेको...

ओलीमाथि दाहालको प्रहार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीएकताको अढाई वर्ष नपुग्दै एकअर्काविरुद्ध प्रहार गरेर राजनीतिक दस्तावेज प्रस्तुत भएको छ। कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले पार्टीको संगठन सिद्धान्त र पद्धतिमाथि प्रहार गरेको आरोप लगाउँदै सचिवलाय बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन्। बैठकको सुरुमै दाहालले छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेर...

अर्थमन्त्री पौडेलले ल्याए सरकारको खर्च घटाउने योजना

काठमाडौं । फजुल खर्च नियन्त्रण गर्ने नीति लिएको सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड–२०७७’ पारित गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सो मापदण्ड पारित गरेको हो । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलको पहलमा सार्वजनकि खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड...

आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा महासचिव विष्णु पौडेलले शुक्रबारका लागि सचिवालय बैठक बोलाएका हुन् । झन्डै एक महिनादेखिको रस्साकसीपछि नेकपा सचिवालय बैठक आज बस्ने भएको हो । नेकपाको...

कांग्रेसमा अझै हटेन अविश्वास

काठमाडौं । महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेस नेताहरूमा आशंका बल्झेको छ । सहमतिको लिखित प्रस्ताव तयार पार्न बिहीबार बसेको अनौपचारिक बैठकमा कार्यतालिकामा सहमति नजुटेपछि शुक्रबारको केन्द्रीय कार्यसमिति बैठक औपचारिकताका लागि मात्रै हुने भएको छ । शुक्रबार बैठकमा समसामयिक विषयमा छलफल हुनुको साथै सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानुपातिक कोटाको सांसदमा मोहन...

आर्थिक मितव्ययिताका नयाँ कार्यक्रम लागू

कर्मचारीलाई उपलब्ध गराइँदै आएको विभिन्न शीर्षकका खर्च, सुविधा तथा अन्य कार्यालय व्यवस्थापनसँग सम्बन्धित फजुल खर्चमा सरकारले कैँची लगाएको छ । यस्तोमा महँगी भत्ता कटौतीदेखि हेलिकप्टर भाडा सरकारी कोषबाट भुक्तान नहुने सम्मका शीर्षक परेका छन् । मन्त्रिपरिषद्ले पारित गरेको सरकारी खर्चमा मितव्ययितासम्बन्धी मापदण्ड, २०७७ ले फजुल खर्च घटाउने उद्देश्यसहित यस्तो...