राजनीति/ समाज
नेकपाको आन्तरिक विवादको छाया संसद्मा पनि
काठमाडौं । सत्तासीन नेकपाको आन्तरिक विवादको छाया संसदीय समितिमा देखिएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा पार्टीको आन्तरिक समीकरणअनुसार नेकपाका सांसदहरू विभाजित भएर प्रस्तुत भएका हुन्। एकरुपता ल्याउन भन्दै देशको नाम नेपाल मात्र राख्ने सरकारको निर्णयको पक्षमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरू...
काँग्रेस मकवानपुरले मनायो गणेशमान सिंहको १०६ औं जन्मजयन्ती
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर, लौहपुरुष गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती मनाएको छ । सोमबार नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा लौहपुरुष गणेशमान सिंहको जन्मजयन्ती मनाईएको हो । कार्यबहाक सभापति लामिछानेले नेपाली राजनीतिमा त्याग र साहसको...
काँग्रेस बैठक चौथो पटक सर्यो
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ । केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिए । उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरु होम आइसोलेसनमा रहेकाले बैठक सारिएको...
मनहरीका १८ जना काँग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका –२, ट्याङ्की दमारका १८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतबार हेटौंडा–५ सानोपोखरामा भएको एक कार्यक्रमबीच राप्रपा, नेकपालगायत पार्टी परित्याग गरी मनहरी–२ का १८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रम नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति...
दिपावलीको अवसरमा काउन मकवानपुरको शुभकामना तथा चियापान
मकवानपुर । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) ले दिपावली, छठ तथा ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रम काउन मकवानपुरका अध्यक्ष खलिल मिया अन्सारीको सभाध्यक्षता तथा नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको प्रमूख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस...
सर्वोच्च कमाण्डर गणेशमानको १०६ औँ जन्म जयन्ती मनाइँदै
काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल...
अधुरै रह्यो ‘नख्खु जेलब्रेकर’ को सपना
मकवानपुर । नेपाली राजनीतिक इतिहासमा बेलाबेला चर्चा भइरहने घटना हो, नख्खु जेल ब्रेक । ४४ वर्षअघि नख्खु जेल तोडेर भाग्नेमध्येका एक कम्युनिस्ट नेता वीरबहादुर लामाको आइतबार बिहान निधन भएको छ । दुई वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित ७० वर्षीय लामाको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो । दुवै मिर्गौलाले...
प्रधानमन्त्री ओलीले शिलान्यास गरेका २८ परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढ्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेको परियोजना प्रमुखसँगको निरन्तर प्रगति समीक्षा तथा...
कांग्रेस विवाद समझदारीतिर
नेपाली कांग्रेसका संस्थान र असन्तुष्ट पक्षबीच देखिएको विवाद समझदारी नजिक पुगेको छ। पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तरको छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका विषय सम्बोधन गरेर अघि बढ्ने समझदारी बनेको हो। असन्तुष्ट पक्षले उठाएका विषयसहित महाधिवेशनको नयाँ कार्यतालिकासम्म सहमतिमा निर्माण गर्न केन्द्रीय समितिको बैठक कात्तिक २७...
पूर्वसांसद लामाको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । पूर्वसांसद वीरबहादुर लामाको निधनप्रति पूर्वसांसद मञ्चले गहिरो दुःख व्यक्त गरेको छ । मञ्चका सचिव नरबहादुर हमालले आज जारी गरेको प्रेस विज्ञप्तिमा २०५६ सालमा मकवानपुर जिल्ला क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका लामाको निधनप्रति दुःख व्यक्त गरिएको छ । मञ्चका आजीवन सदस्यसमेत रहेका लामाको निधनप्रति दुःख प्रकट...








