राजनीति/ समाज
नेकपा विवादः आ–आफ्नै रणनीतिमा ओली र दाहाल–नेपाल समूह
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको बताए । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमै बैठक बस्न लागेको उनले बताए...
प्रधानमन्त्री निवासमै अत्याधुनिक हेलिप्याड
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम व्यवस्थापनमा सहज हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ...
राष्ट्रिय सभाका पूर्वसांसद नेम्बाङको निधन
सुनसरी । राष्ट्रिय सभाका पूर्व सांसद इन्द्रहाङ नेम्बाङको निधन भएको छ । नेम्बाङको ९२ वर्षको उमेरमा बिहिबार निधन भएको हो । उनको धरान–१८ बीपी गेटस्थित आफ्नै निवासमा निधन भएको हो । उनी ०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सांसद बनेका थिए । वृद्धावस्थासँगै अल्सर, उच्च रक्तचाप, मधुमेह, मुटु,...
महाधिवेशन कार्यतालिका फेर्दै कांग्रेस
काठमाडौं । आगामी ७ देखि १० फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षपछि नयाँ खाकाको तयारी थालेको छ । केही दिनदेखि नियमित बस्दै आइरहेको पदाधिकारीसहितका केही शीर्ष नेताहरूको अनौपचारिक बैठकमा पार्टीभित्र देखिएका विवाद मत्थर हुँदै गएपछि कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै महाधिवेशनको...
पार्टी फुट्न दिन्नौँ : मन्त्री भट्टराई
फुङ्लिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवाद जस्तो देखिए पनि कुनै हालतमा...
अध्यक्ष दाहालद्वारा शोक प्रकट
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्ववरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको असामयिक निधनले आफूलाई दुखित बनाएको बताएका छन् । अध्यक्ष दाहालले आज एक शोक वक्तव्य प्रकाशित गर्दै मरहठ्ठाले नेपाली कम्युनिष्ट आन्दोलन, जनयुद्ध र शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह...
हेटौंडामा ४५ जनाले गरे रक्तदान
मकवानपुर । नेपाल तरुण दल जिल्ला कार्य समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका कार्य समितिले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोरोनाको जोखिमका यथावत रहेको र रक्तसंचार केन्द्र मकवानपुरमा रगत अभाव भएकोले रक्तदान कार्यक्रमको आयोजना गरेको तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गरीले जानकारी दिए । उनका अनुसार,...
प्रधानमन्त्रीबाट किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन
किमाथाङ्का । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइएको थियो । सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री...
कांग्रेस महाधिवेशनमा तदर्थ संस्थाको प्रतिनिधित्व नहुने
काठमाडौँ । कांग्रेसको महाधिवेशनमा आफ्नो अधिवेशन गराउन नसकेका भ्रातृसंस्थाले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । पौडेल पक्षको माग सम्बोधन गर्न सभापति देउवाले बोलाएको अनौपचारिक बैठकमा म्याद सकिएर वर्षौंदेखि तदर्थमा चल्दै आएका भ्रातृसंस्थाले अधिवेशनबेगर महाधिवेशन प्रतिनिधि चयन गर्न नपाउने समझदारी जुटेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अधिवेशनबाट निर्वाचित नभई...
उधारा उखु किसानलाई चिनी मिलले छ वर्षदेखि १ अर्ब २० करोड तिर्न बाँकी
काठमाडौं । उखु किसानले आन्दोलन गरे पनि अझै १ अर्ब २० करोड रुपैयाँ भुक्तानी पाएका छैनन्। चिनी मिलले विभिन्न बहाना झिकेर पछिल्लो ६ वर्षदेखिको बक्यौता रकममा झुलाएको झुलायै गरेका हुन्। सरकारले गत वर्ष पुसमा बक्यौता उपलब्ध गराउन पहल गरिदिने भनेर किसानसँग सहमति गरेको थियो। तर, एक वर्ष पुग्न लाग्दा...









