राष्ट्रिय सभाका पूर्वसांसद नेम्बाङको निधन

तु खबर संवाददाता
२०७७ कार्तिक २७, बिहीबार १५:१३

सुनसरी । राष्ट्रिय सभाका पूर्व सांसद इन्द्रहाङ नेम्बाङको निधन भएको छ । नेम्बाङको ९२ वर्षको उमेरमा बिहिबार निधन भएको हो ।

उनको धरान–१८ बीपी गेटस्थित आफ्नै निवासमा निधन भएको हो । उनी ०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सांसद बनेका थिए ।

वृद्धावस्थासँगै अल्सर, उच्च रक्तचाप, मधुमेह, मुटु, मस्तिष्कघात, पक्षघातबाट पीडित उनलाई पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएको थियो ।

चिकित्सकहरुले कोरोना निको हुने क्रममा रहेको र अरुलाई सर्न नसक्ने अवस्थामा बताएपनि स्वास्थ्य प्रोटोकल अनुसार स्वर्गीय नेम्बाङको शव व्यवस्थापन भइरहेको उनका पारिवारिक स्रोतले जनाएको छ ।

नेम्बाङका श्रीमती, पाँच छोरा र दुई छोरी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*