राजनीति/ समाज
काँग्रेसका महासमिति सदस्य पाण्डे सांसद बन्ने
काठमाडौं । नेपाली काँग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे संघीय सांसद बन्ने भएका छन् । प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको निधनपछि रिक्त रहेको पदमा पाण्डे सांसद बन्ने भएका हुन् । गत मंगलबार निधन भएका केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका थिए । निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको...
सरकारको पुनरावलोकन निवेदन खारेज
काठमाडौं । कोरोना संक्रमण परीक्षण र निःशुल्क उपचार गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पुनरावलोकन निवेदनलाई अघि बढाउन अनुमति नदिएको हो । सर्वोच्चले १५ असोजमा कोरोना...
लोक सेवाको सहसचिव र उपसचिवको दरखास्त रोकियो
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका विभिन्न विज्ञापनको दरखास्त लिने कार्य स्थगन गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै अदालतको आदेश कार्यान्वयनका लागि अर्को सूचना प्रकाशन नभएसम्मका लागि दरखास्त लिने कार्य स्थगन गरिएको जनाएको हो । आयोगले आफ्नो नियमित वार्षिक क्यालेन्डरअनुसार असोज २८ मा...
वामदेवको संवैधानिक नियुक्ति ‘होल्ड’ मा
काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ । अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा रोकिएको छ । गौतमको मुद्दा तत्काल किनारा नलाग्दा संवैधानिक नियुक्ति रोकिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले नियुक्ति ‘होल्ड’...
मैले राजीनामा दिने भन्ने कुरा बेकारको होः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् । सत्तारुढ दल नेकपाभित्र आफूविरुद्ध घेराबन्दी भइरहेका बेला बुधबार प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिने भन्ने कुरा बेकारको भएको बताएका हुन् । ‘म कतै पसे भने सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ, राजीनामा दिन पस्यो । तर, तपाईंहरु विचार गर्नुस्, के...
हेटौंडाका २९ जना नेपाली काँग्रेसमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ घट्टेदमारमा विभिन्न पार्टी परित्याग गरी २९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार घट्टेदमारमा निर्मित खेलमैदान उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाका...
महरा पत्नीको निधनबाट सभामुख मर्माहत
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । सभामुख सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै स्व महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । सभामुख सापकोटाले विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक...
अब के गर्लान् ओलीले ? : यस्ता छन् सम्भावित कदम
काठमाडौं । सत्तारुढ दल नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदमका बारेमा पनि चर्चा हुन थालेको छ । उनले चाल्न सक्ने सम्भावित संवैधानिक कदममा मध्यावधि निर्वाचन, संकटकाल घोषणा, पार्टी विभाजन गर्ने अध्यादेश र अन्ततः गठबन्धनको सरकार गठन हुने आँकलन गरिएको छ...
कोरोना संक्रमणबाट पूर्वसभामुख महराकी पत्नीको निधन
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचाररत उनको बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई...
नेपालको पुरानो क्षेत्रफल नै त्रुटिपूर्ण, नयाँ क्षेत्रफल १,४८,००६.६७ वर्गकिमि प्रस्ताव
नापी विभागले नेपालको कूल क्षेत्रफल १ लाख ४८ हजार ६ दशमलव ६७ वर्गकिलोमिटर हुने प्रस्ताव गरेको छ । विभागले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर तयार पारिएको क्षेत्रफलको प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको छ । नापी विभाग स्रोतका अनुसार प्रोजेक्सन सिस्टमबाट मुलुकको क्षेत्रफल...










