राजनीति/ समाज
असारमा महाधिवेशन गर्ने देउवाको संकेत
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै कोरोनाका कारण प्रभावित भएपछि महाधिवेशन कहिले हुने भन्नेमा कांग्रेस आफैं अन्योलमा छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पछिल्लो...
विभिन्न पार्टी परित्याग गरी हेटौंडाका १९ जना नेपाली काँग्रेसमा प्रवेश
मकवानपुर । विभिन्न पार्टी परित्याग गर्दै हेटौंडा–१९ का १९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको एक कार्यक्रमबीच नेकपा र राप्रपालगायत विभिन्न पार्टी परित्याग हेटौंडा–१९ बस्तिपुर र बासुदेव टोलका १९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रम काँग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम...
नेकपा सांसद सानु शिवाको निधन
काठमाडौं । संघीय सांसद सानु शिवा पहाडीको निधन भएको छ । पहाडीको बुधबार बिहान निधन भएको हो । शिवाको केही वर्षअघि मिर्गौला फेरिएको थियो । हाल उनमा मुटुको समस्या आएपछि काठमाडौँको केएमसी अस्पतालमा उपचार भइरहेको थियो । संस्कृतिकर्मी समेत रहेकी शिवा सत्तारुढ दल नेकपाको तर्फबाट समानुपातिकतर्फको संघीय सांसद हुन्...
दाहालको दौडधुप
काठमाडौं । कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सो प्रस्ताव फिर्ता गराउन लागिपरेका छन्। उनले सोमबार पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग यस विषयमा अलगअलग...
कर्णालीमा ‘अविश्वास’ : बागमती र प्रदेश १ मा पनि नेतृत्व फेर्ने तयारी
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध उनकै दल नेकपाका सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि सिंगो पार्टीभित्र हलचल पैदा भएको छ । केन्द्रमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक आयोगहरूमा नियुक्ति, राजदूत सिफारिसलगायत विषयमा भागबन्डाको गृहकार्य चलिरहेका बेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपामा हलचल पैदा भएको...
शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका उनमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् । यसअघि शनिबार...
राप्रपाको केन्द्रीय समितिमा थपिए ४ सय जना नयाँ सदस्य
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिमा ४ सय जना नयाँ सदस्य थपिएका छन् । राप्रपाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिमा ४ सय जना नयाँ सदस्य थपिएको जनाएको छ । राप्रपाले आफ्नो ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ ४०० सदस्य थप गरी केन्द्रीय कार्य समितिको...
भोलि बस्ने भनिएको कांग्रेस बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको काँग्रेस केन्द्रिय बैठक फेरी स्थगित भएको हो । भोलि बस्ने भनिएको काँग्रेस केन्द्रीय बैठक पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको निधन...
परराष्ट्र मन्त्रालयको सचिवमा पौडेल
काठमाडौं । परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव एवं प्रवक्ता पौड्याललाई सचिवमा नियुक्त गरेको हो । उनले शुक्रबार नै कार्यभार सम्हालेका छन् । शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव बनाएपछि परराष्ट्र सचिवको पद रिक्त थियो । पौड्याल सचिव भएपछि रिक्त प्रवक्ता पदमा...
प्रधानमन्त्रीको सचिवालयका तीन सदस्य कोरोना संक्रमण मुक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त हुनभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा रहनु भएका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको...









