राजनीति/ समाज

अनिश्चित बन्दै कांग्रेस महाधिवेशनः अलमल्याउने र गलाउने देउवा–पौडेलको रणनीति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष पार्टीको १४औं महाधिवेशन सुनिश्चित गर्नेभन्दा एकले अर्कोलाई अलमल्याउने र गलाउने रणनीतिमा सक्रिय भएका छन् । फागुनका लागि तोकिएको महाधिवेशन नहुने निश्चित भए पनि पार्टीको महाधिवेशन कसरी गराउने भन्दा दुवै समूह एकले अर्कालाई गलाउने र थकाउने सक्रिय भएका हुन् ।...

गौतमको मुद्दा हेर्दाहेर्दै

काठमाडौं । सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय खारेजीको मागसहित सर्वोच्चमा परेको मुद्दाको पेसी फेरि हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार उक्त मुद्दामाथिको सुनुवाइ नसकिएपछि बुधबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । रिटको सुनुवाइ गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको...

वामदेव गौतमको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतम बिरुद्ध सर्वोच्च अदालतमा परेको ‘संसद सदस्यको अयोग्यता सम्वन्धी’ मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको संवैधानिक इजलासले आज पनि हेर्दा हेर्दैमा राखेको अधिवक्ता सुरेन्द्र थापाले बताएका छन् । अब यो मुद्दामा असोज २१ गते बुधबार बहस हुने अधिवक्ता थापाले जानकारी दिए । मन्त्रिपरिषदको सिफारिसमा...

खतिवडा ओलीकै ‘जोडबलमा राजदूत’

काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार भएको बैठकमा मुख्य सचिव लोकदर्शन रेग्मी आएनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव भएकाले एजेन्डा सुनाउने र माइन्युट गर्ने भूमिकामा महेन्द्र गुरागाईं थिए । उनले मन्त्रालयहरूबाट आएका प्रस्तावहरू पेस गर्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले रेग्मीको राजीनामाबारे प्रस्ताव जानकारी गराउन निर्देशन दिए । गुरागाईंले बिहीबारदेखि लागू हुने...

ओलीको निर्णयमाथि प्रश्न

काठमाडौं । चार महिनासम्म जारी आन्तरिक विवाद समाधान हुन नपाउँदै पुनः सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बल्झिएको छ । भदौ २८ मा सम्पन्न स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नियुक्ति पार्टीको परामर्शमा मात्र गर्ने निर्णय भए पनि महत्वपूर्ण नियुक्ति एकलौटी ढंगले अगाडि बढाएको भन्दै विवाद बल्झिएको...

नेकपामा फेरि किचलो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र फेरी किचलो सुरु भएको छ । पार्टी निर्णय तथा सहमतिविपरित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेता असन्तुष्ट भएका छन् । अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायत असन्तुष्ट नेता सचिवालय बैठक...

पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदुत नियुक्त गर्न सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद बैठकले नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरिएको हो । त्यसैगरी अमेरिकाको लागि नेपाली राजदुतमा पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई नियुक्त गर्न सिफारिस गरेको छ । ३ वर्षे कार्यकाल पूरा...

गौतमबारे मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यका लागि मनोनीत वामदेव गौतमको योग्यताबारे परेको मुद्दाको पेसी शुक्रबारका लागि हेर्दाहेर्दैमा तोकेको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैका लागि तोकेको हो । हेर्दाहेर्दैमा तोकिएपछि सोही इजलासले अर्को सुनुवाइ गर्नेछ । बुधबार दुवै पक्षले आ–आफ्नोतर्फबाट बहस गरेका थिए । निवेदक पक्षले नेकपा उपाध्यक्षसमेत...

कांग्रेसले संसद् अधिवेशन माग गर्ने

काठमाडौ । प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् अधिवेशन बोलाउन समावेदन गर्ने भएको छ । पार्टीका आन्तरिक मुद्दामा छलफल गर्न सभापति शेरबहादुर देउवाले बुधबार बिहान आफ्नो पक्षका पदाधिकारीसँग राखेको बैठकले संसद् अधिवेशन बेलाउनुपर्ने निचोड निकालेको हो । ‘पार्टीभित्रका सबै पक्षसँग छलफल गरेपछि औपचारिक निर्णय हुन्छ । त्यसपछि प्रक्रिया अघि बढाउँछौं,’ कांग्र्रेस उपसभापति विमलेन्द्र निधिले...

भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाए, कसको भागमा कुन ?

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ । राजनीतिक दल र नेताहरूबीच भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाएका छन् । राजनीतिक भागबन्डाकै आधारमा ती विश्वविद्यालयमा उपकुलपति नियुक्त...