विवेकशील र साझा फेरि एकीकरण हुने
काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकरण हुने भएका छन् । मंगलवार दुबै पार्टीका केन्द्रीय समितिमा एकताका लागि तयार पारिएको प्रतिवेदन प्रस्तुत भएका छन् ।
दुई पार्टी एकीकरणका लागि बनेका राजनीतिक संवाद समितिले २९ असोजमा वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा साझा संयोजक रवीन्द्र मिश्र र विवेकशील अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो । ती प्रतिवेदन पास भई विधानमा तोकिएको प्रक्रिया पूरा भएपछि दुई पार्टी पुनः एकीकरण हुने ती पार्टीले जनाएका छन् ।
विगतका कमजोरीलाई स्विकार्दै जनभावनाको कदर गर्न भन्दै ३१ असारदेखि एकीकरण वार्ता भईरहेको थियो ।
