राक्सिराङका ४३ जना नेकपामा प्रवेश

तु खबर संवाददाता
२०७७ कार्तिक ६, बिहीबार ०९:४१

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाका ४३ जना नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।

शुक्रबार राक्सिराङ गाउँपालिका–५ ले बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रमबीच काँग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी ४३ जना नेकपामा प्रवेश गरेको नेकपा राक्सिराङ गाउँकमिटी अध्यक्ष हस्तबहदुर मोक्तानले जानकारी दिए ।

राक्सिराङ ५ का नारायण प्रजा र गोविन्द प्रजाको नेतृत्वमा युवाहरु नेकपा प्रवेश गरेका हुन ।

सो क्रममा केहि दिनअघि मात्रै विभिन्न पार्टी त्यागेर नेपाली काँग्रेस प्रवेश गरेका भनिएका युवाहरुसमेत नेकपा प्रवेश गरेको नेकपा राक्सिराङ गाउपालिकाका इन्चार्ज बनस्तम थिङले जानकारी दिए ।

कार्यक्रममा नेकपाका नेताहरुले काँग्रेसले झुटको खेति गरिरहेको बताउँदै गलत आश्वासनमा नपर्न आग्रह गरे । गरिबलाई पाइप तथा जस्ता दिन्छु भन्दै पार्टी प्रवेश गराइरहेको भन्दै काँग्रेसले जनभावनामाथि खेलवाड गरिरहेको नेकपा नेताहरुको आरोप छ ।

पार्टी वडा कमिटी अध्यक्ष कमरेड हस्तबहादुर प्रजाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेशसभा सदस्य कमरेड ओमबहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपाका जिल्ला सचिवालय सदस्य तथा संविधान सभा सदस्यद्वय राजाराम स्याङ्तान, गोबिन्दराम चेपाङ्ग नेकपा जिल्ला सचिवालय सदस्य तथा नेकपा राक्सिराङ्ग गाउँ कमिटि इन्चार्ज बनस्तम थिङ, नेकपा राक्सिराङ्ग गाउँ कमिटी अध्यक्ष हस्तबहदुर मोक्तान, नेकपा जिल्ला सचिवालय सदस्य लालबहादुर थापा, नेपाल चेपाङ्ग संघ बागमती प्रदेश कमिटी अध्यक्ष खुशीलाल चेपाङ्ग, जिल्ला कमिटी सदस्य बच्चीमाया नेगी, नेकपाका नेता कृष्णबहादुर प्रजालगायत सहभागी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*