बागमती प्रदेशका नेकपाका सबै सांसदको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

तु खबर संवाददाता
२०७७ कार्तिक ४, मंगलवार १७:११

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) बागमती प्रदेशका सबै सांसदको दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडलले सामाजिक संञ्जालमार्फत प्रदेशको मन्त्रिपरिषद्का भएका नेकपाका सबै सांसदको दसैं भत्ता बापत आएको रकम बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिए ।

मुख्यमन्त्री पौडलले भने – देश अहिले कोरोना सङ्क्रमणका कारण महामारीको अवस्थामा छ, यो अवस्थाको सामना हामी सबैले मिलेर गर्नुपर्छ । उनले कोरोना भाईरस सङ्क्रमण नियन्त्रणका लागि सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश सरकारले काम गरिरहेको जानकारी गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*