उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधान समूहको उम्मेदवारी घोषणा

तु खबर संवाददाता
२०७७ कार्तिक १७, सोमबार १५:१०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यवसायिक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले मतदाताले आफूलाई बिजयी बनाउने विश्वाससहित प्रधानले महासंघको उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले देशको अर्थतन्त्र जोगाउनका लागि पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउँदै आफू २८ वर्ष यता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।

उनले आफूलाई भावी अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकोले उनको कार्यकालाई सफल बनाउन यही समूह नै अगाडि आउने विश्वास गरेको बताए ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघको ५४ औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*