पूर्वसांसद लामाको निधनप्रति दुःख व्यक्त

तु खबर संवाददाता
२०७७ कार्तिक २३, आईतवार १६:१६

काठमाडौँ । पूर्वसांसद वीरबहादुर लामाको निधनप्रति पूर्वसांसद मञ्चले गहिरो दुःख व्यक्त गरेको छ । मञ्चका सचिव नरबहादुर हमालले आज जारी गरेको प्रेस विज्ञप्तिमा २०५६ सालमा मकवानपुर जिल्ला क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका लामाको निधनप्रति दुःख व्यक्त गरिएको छ ।

मञ्चका आजीवन सदस्यसमेत रहेका लामाको निधनप्रति दुःख प्रकट गर्दै मञ्चले उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै, मञ्चले स्व लामाको परिवारजनप्रति धर्यधारण गर्ने क्षमता प्रदान भनी समवेदना प्रकट गरेको छ ।

पूर्वसांसद लामाको आज बिहान ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ६६ वर्षको उमेरमा निधन भएको थियो । लामा दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि अस्पताल भर्ना थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*