नेकपा सचिवालयको बैठक सार्न ओली पक्षको प्रस्ताव

तु खबर संवाददाता
२०७७ मंसिर २, मंगलवार १६:४९
file-photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्षसँग प्रस्ताव गरेको छ ।

कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो ।

प्रधानमन्त्री केपी ओली पक्षले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको बालुवाटार स्रोतले बतायो ।

तर, प्रचण्डले भने बैठक सार्नेरनसार्ने विषय बैठकबाटै टुंगो लगाउनुपर्ने जवाफ दिएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*