राजनीति/ समाज

कैलालीमा आजदेखि कांग्रेसको वडा अधिवेशन सुरु

कैलाली । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिए । उनले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताउँदै...

एमाले जिल्ला सदस्यसहित १३० जना कांग्रेसमा प्रवेश

मकवानपुुर । मकवानपुरगढी गाउँपालिकाका १३० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मकवानपुरगढी गाउँपालिकाका दुई छुट्टाछुट्टै भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी १३० जना कांग्रेसमा प्रवेश गरेका हुन् । शुक्रबार मकवानपुरगढी–६ अदालतडाँडामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य श्यामप्रसाद ढंगाना, समाजसेवी रमेश धितालसहित एमाले र...

मंसिर १ गतेबाट ई–पासपोर्ट जारी गर्ने राहदानी विभागको तयारी

काठमाडौँ । मंसिर १ गतेबाट सरकारले विद्युतीय राहदानी (ई– पासपोर्ट) जारी गर्न शुरु गर्ने भएको छ । राहदानी विभागले ई–पासपोर्ट छपाइको तयारीको लागि अन्तम चरणका परीक्षणहरु गरिररहेको जनाएको छ । नेपालमा हालसम्म मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिएको छ ।  विभागले मंसिर १ गते विशेष समारोहकाबीच ई– पासपोर्टको वितरण...

व्यावसायिक उत्पादनमार्फत आत्मनिर्भर : मन्त्री बराल

गलकोट । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले व्यावसायिक उत्पादनमार्फत मात्रै आत्मनिर्भर बन्न सकिने बताएका छन् । बागलुङको ताराखोला गाउँपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि तीन तहको सरकारले उत्पादनमुखी अर्थतन्त्रको अवधारण ल्याउनुपर्ने बताएका हुन् । मन्त्री बरालले सङ्घीयताको मर्मअनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच अझै पनि...

प्रचण्डको सचिवालयमा हेरफेर हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिएसंगै प्रचण्डको सचिवालयमा हेरफेर हुने भएको छ । महरा २०६० सालदेखि प्रचण्डको सचिवालयमा रहेका थिए । चुनवाङ बैठकले उनलाई औपचारिक रुपमा स्वकीय सचिवको जिम्मेवारी समेत दिएको थियो । माओवादी शान्ति प्रक्रियामा...

माओवादी घटकसँग पार्टी एकताको छलफल चलिरहेको छः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले सञ्चालन गरेको जनयुद्ध कुनै लहडमा नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा विप्लव समूहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले भने,“कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन । जनयुद्ध कुनै लहड थिएन...

कांग्रेस मनहरी–२ मा टोल समिति गठन

मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर २ मा टोल समिति गठन भएको छ । बिहिवार कांग्रेस मनहरी–२ का सभापति प्रेमबहादुर गोङ्बाको सभाध्यक्षमा घट्टेपाखा टोल विकास समिति गठन भएको हो । समितिको संयोजकमा सुरेश मुक्तान चयन भएका छन् । मुक्तानको नेतृत्वमा ११ सदस्यीय टोल समिति गठन भएको हो...

हामी जबरालाई प्रधानन्यायाधीशको रुपमा मान्दैनौँ – अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशको रुपमा नमान्ने बताएका बताएका छन् । शुक्रबार नेपाल बार एशोसिएसनद्वारा आयोजित सर्वोच्च अदालत घेराउ कार्यक्रमपछि कोणसभामा बोल्दै उनले जबरालाई प्रधानन्यायाधीशको रुपमा नमान्ने बताएका हुन् । उनले भने ‘अब बारले चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशको रुपमा मान्ने छैन, हामी...

एमालेले गर्यो १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् । पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यहरुलाई...

प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिद्वारा प्रधानमन्त्री समक्ष प्रतिवेदन पेश

काठमाडौँ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले आज प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको हो । प्रतिष्ठानमा...