राजनीति/ समाज
एमाले नेता भट्टराई आज मनहरी आउने
मकवानपुर । मकवानपुरको मनहरीमा आज नेकपा एमाले प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराई आउने भएका छन् । बिहीबार नेकपा एमाले मनहरीको गाउँकमिटीको सपथ ग्रहण गराउन भट्टराई बुधबार मनहरीमा आउने कार्यक्रम तय भएको नेकपा एमाले मकवानपुरले जनाएको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा जानकारी दिन बुधबार चितवनमा आयोजना हुने...
प्रदेशको पहिचानका लागि विश्वविद्यालय : मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा विमोचन गर्दै उनले थुप्रै बहसका बीच सरकारले आफ्नै विश्वविद्यालय स्थापना...
कांग्रेस निर्वाचन : डोटीमा पार्टी सभापतिका लागि आकाङ्क्षी धेरै
डोटी । नेपाली कांग्रेसको पार्टी जिल्ला सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताहरुबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उम्मेदवारको आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्ला स्तरीय नेता अहिले जिल्लामा पुगेका छन् । यतिमात्र नभई आफू पार्टीको सभापति पदको उम्मेदवार भएको जनाउँदै कतिपय नेताहरुले सामाजिक सञ्जाल...
एमालेले महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराइने
चितवन । नेकपा (एमाले) चितवन शाखाले पार्टीको १० औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो । जिल्ला अध्यक्ष पार्वती रावलका...
प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त राईले आज साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् । आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ ।...
विद्युतीय बस खरिद र सुरुङमार्गको निर्माण प्रक्रिया रोक्ने सरकारको निर्णय आपत्तिजनक
मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने वर्तमान सरकारको निर्णयप्रति आपत्तिजनक रहेको बताएका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै पौडेलले वर्तमान सरकारले गरेको विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती र आपत्तिजनक रहेको बताएका...
उद्योगीहरु कांग्रेस राजनीतिमा सक्रिय
चितवन । उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय छन् । सङ्घका पूर्वअध्यक्ष उनले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पारेका थिए । कांग्रेस चितवनको यही मङ्सिर १० गते हुने निर्वाचनमा उनी उपसभापति...
क्षेत्र नम्वर १ प्रदेशसभा (ख) मा बानियाँको उम्मेदवारी
मकवानपुरमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी पुनः सुरु भएको छ । कांग्रेसले मकवानपुरका १० वटै स्थानीय तहका १०२ वडा र पालिका स्तरमा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको राजनीतिमा बिगतको तुलनामा यो पटक युवा पुस्ताको सक्रियता बढेको छ । मकवानपुरको प्रतिनिधिसभा १ अन्तरगत प्रदेशसभा (ख) को सभापति...
नेपाल परिवार दल मकवानपुरको अध्यक्षमा लोप्चन
मकवानपुर । नेपाल परिवार दल मकवानपुरको अध्यक्षमा युवा नेता हरिबहादुर लोप्चन सर्वसम्मत चयन भएका छन् । दलको आइतबार सम्पन्न दोस्रो अधिवेशनले लोप्चनको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको पहिलो बैठकले थप ६ जना सदस्य मनोनयन गर्ने जनाइएको छ । त्यस्तै उपाध्यक्षमा मायादेवी ढकाल र लोकेन्द्र सुर्खेती,...
सांसद्संग दुखेसो गर्दै मकवानपुरका बनकरिया
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–४ मुसेधापमा रहेको बनकरिया बस्तीमा बागमती प्रदेशका मुख्यमन्त्री, राज्यमन्त्रीदेखि सांसदहरुसम्म पुगेका छन् । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा नागरिकसंग सांसद विषयक अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरुले उनीहरुको समस्या बुझेका हुन् । खुल्लाचौरमा गरिएको अन्तरक्रियामा...









