राजनीति/ समाज
बागमती प्रदेश सरकार संचालन गर्न कार्यदल गठन
मकवानपुर । बागमती प्रदेश सरकार संचालनमा सहयोग गर्ने उद्देश्यका साथ सत्तारुढ गठबन्धनका दलहरूले कार्यदल गठन गरेका छन् । नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार संचालन समन्वय कार्यदल गठन गरिएको हो । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, काँग्रेस संसदीय दलका...
एमाले महाधिवेशनमाः जनवर्गीय सङ्गठनबाट एक लाखको सहभागी
काठमाडौँं । नेकपा (एमाले) ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा एक लाख सहभागी हुने जनसङ्गठन तथा जनपरिचालन समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिए...
एकताबद्ध भई समृद्धिको यात्रामा लाग्न अध्यक्ष ओलीको आग्रह
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आपसी एकतामार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आग्रह गरेका छ् । छठ पर्वका अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्री ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै...
एमाले मकवानपुरद्वारा प्रतिनिधी छनौट गर्न निर्वाचन कमिटी गठन
मकवानपुर । नेकपा एमाले मकवानपुरले चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधी छान्न निर्वाचन कमिटी बनाएको छ । चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनमा लोकतान्त्रिक विधीबाट प्रतिनिधी छनौट गर्न दुई निर्वाचन क्षेत्र र दलीत तर्फ छुट्टाछुट्टै निर्वाचन कमिटी बनाईएको हो । निर्वाचन क्षेत्र नम्बर २...
राप्रपाको जिल्ला सदस्यसहित १४ जना कांग्रेसमा प्रवेश
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला सदस्यसहित विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेसमामा प्रवेश गरेका छन् । मकवानपुरगढी र इन्द्रसरोवर गाउँपालिका निवासी १४ जना कांग्रेस प्रवेश गरेका हुन् । राप्रपाका जिल्ला सदस्य इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ का हरिकृष्ण सापकोटासहित मकवानपुरगढी–७ का मदन लामा, धावा...
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन : डा भट्टराई
गोरखा । जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन् । गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा आज आयोजित जनभेटघाट कार्यक्रममा डा भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर सरकार बन्न नसक्ने बताएका...
दशौँ महाधिवेशनः विद्युतीय मतदानकोे अभ्यास गराउँदै एमाले
काठमाडौँ । नेकपा (एमाले) ले आशन्न १० औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि आजदेखि नमूना मतदानको व्यवस्था गरिएको हो । राम–लक्ष्मण भोटिङ मेसिनबाट एमालेले आगामी...
३ वटा प्रदेशमा फेरिए प्रदेश प्रमुख
काठमाडौं । प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख फेरिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख फेर्ने निर्णय गरेको हो । बैठकले प्रदेश १ को प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्नका लागि...
राप्रपा जिल्ला सदस्यसहित १४ जना कांग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला सदस्यसहित विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपा, नेकपा माओवादी, नेकपा एमालेलगायत विभिन्न पार्टी परित्याग गरी मकवानपुरगढी र इन्द्रसरोवर गाउँपालिकाका १४ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा जिल्ला सदस्य इन्द्रसरोवर–२ का...
१० औँ महाधिवेशनको लागि कार्यकर्ताबाट खर्च उठाउँदै एमाले
काठमाडौँ । नेकपा एमालेको १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट रु एक सय उठाउने निर्णय भएको जानकारी दिए...










