राजनीति/ समाज
प्रधानन्यायाधीश जबरा र सर्वोच्चका न्यायाधीशहरुबीच मतभेद बढ्यो
काठमाडौँ । बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका प्रधानन्यायाधीश जबराले मंगलबार त्यो सहमति तोडेपछि प्रधानन्यायाधीश जबरा र सर्वोच्च अदालतका अरु न्यायाधीशहरूबीच थप मतभेद हुने स्थिति देखा परेको छ । मंगलबार प्रकाशित पेसी सूचीमा बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक सबै मुद्दा पेसीमा...
मन्त्री खतिवडाद्वारा समवेदना प्रकट
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा उपमहानगर कमिटी सचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य गिरिजा अधिकारीको निधनमा समवेदना प्रकट गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्यसमेत रहेका उनले एक शोक शन्देश जारी गर्दै समवेदना प्रकट गरेका हुन् । अठ्ठाइस वर्षीय अधिकारीको सोमबार करेन्ट लागेर हेटौँडामा...
मकवानपुुर क्षेत्र नं १ प्रदेश सभा (क) को सभापतिमा युवा नेता श्रेष्ठको उम्मेदवारी
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत मकवानपुर प्रतिनिधिसभा १ को प्रदेश सभा (क) को सभापति पदमा युवा नेता सुशान्तकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस मकवानपुरको निर्वाचित जिल्ला सदस्यसमेत रहेका श्रेष्ठले पछिल्लो समय पार्टीमा बढ्दो गुटबन्दीको अन्त्य गर्न युवाहरु नेतृत्वमा आउन जरुरी रहेकोले आफ्नो...
मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
मकवानपुर । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशसभाबाट विश्वासको मत लिएका छन् । सोमबार मत विभाजनमा विश्वासको मतको पक्षमा ५९ सांसदले मत दिएका हुन् । त्यस्तै विपक्षमा ४३ सांसदले मत दिएका छन् भने २ सांसद तटस्थ रहेका छन् । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १८८ को उपधारा १ एवम् प्रदेशसभा...
बागमतीमा नेमकिपाले भन्यो –दलहरूको हानथाप र कुर्सीको तानातानमा सहभागि हुदैनौँ
मकवानपुर । नेपाल मजदुर किसान पार्टीका बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले आफूहरु शासक दलहरूको हानथाप र कुर्सीको तानातानमा सहभागि नहुने बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि धारणा राख्दै उनले शासक दलहरु बीचको झगडाको मूल कारण के हो भन्नेबारे अझै बाहिर आउन नसकेको बताए...
मन्त्रालय विभाजन गरेर फजुल खर्च बढाउने मुख्यमन्त्रीलाई विश्वासको मत दिदैनौँ – नेता पौड्याल
मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत नदिने बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले वर्तमान सरकारले मन्त्रालय विभाजन गरेर १२/१५ वटा बनाउन लागेको भन्दै मन्त्रालय बढाउने कार्य जनताको...
अलोकतान्त्रिक र असंवैधानिक गठबन्धनको मुख्यमन्त्रीलाई विश्वासको मत दिदैनौँ – प्रमुख सचेतक निरौला
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारसँग प्रदेशलाई समृद्ध बनाउने योजना नभएकोले विश्वासको मत नदिने बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले जनताले विश्वास गरेको पार्टी एमाले नै रहेको दाबी गरे...
संविधानको रक्षा तथा पूर्ण कार्यान्वयन र संघीयता जोगाउन हामीले गठबन्धन बनाएका हौँ – नेता जम्कट्टेल
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले संविधानको रक्षा, संविधानको पूर्ण कार्यान्वयन र संघीयता जोगाउन आफूहरुले गठबन्धन बनाएको दावी गर्दै गठबन्धनको तर्फबाट नियुक्त भएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई आफ्नो दलको तर्फबाट विश्वासको मत दिने बताएका छन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको...
भ्रम सिर्जना गरेर सत्ताको आयु लम्ब्याए पनि अन्ततः एमालेको असलियत सबैले बुझे– नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले चार दलीय गठबन्धनको संयुक्त प्रयासबाट बनेको वर्तमान सरकारले गरिब दुःखी, निमुखा र आवाज विहिनहरुको आवाज बनेर काम गर्ने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संसदमा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि धारणा राख्दै नेता बानियाँले यो...
मुख्यमन्त्री पाण्डेद्वारा संसद्मा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन् । सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरे । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र...










