राजनीति/ समाज

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

काठमाडौँ । नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो । कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गीएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ ।...

यस्तो छ बागमती प्रदेशसभा बैठकको कार्यसूचि

मकवानपुर । कार्य व्यवस्था परामर्श समितिको भर्खरै सम्पन्न बैठकले आजै बस्ने प्रदेशसभाको बैठकको कार्यसूचि तय गरेको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावको मत विभाजन हुने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिएका छन् । प्रदेशसभा बैठकको सुरुवातमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त केही पत्रहरु वाचन हुने...

एमालेको महाधिवेशनमा चैतसम्म सदस्यता लिएका मात्र प्रतिनिधि हुने

काठमाडौँ । नेकपा (एमाले) को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सङ्गठति सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ ।...

मुख्यमन्त्री पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने भएको छ । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालको अध्यक्षतामा आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो । उक्त बैठकले मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिमण्डल...

करेन्ट लागेर नेकपा एकीकृत समाजवादीका नगरसचिव गिरिजा अधिकारीको निधन

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी हेटौंडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको करेन्ट लागेर आज निधन भएको छ । उनलाई हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ राजदेवीमा बाटो खन्ने क्रममा तार पन्छाउने क्रममा करेन्ट लागेको थियो । अधिकारीलाई उपचारको...

एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । यसका साथै जिल्लाका...

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने भएका छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता पाण्डे गएको कात्तिक ४ गते चार दलीय संयुक्त गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको पहिलो बैठकले नै कात्तिक २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बारे...

मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भोलि कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता पाण्डे गएको कात्तिक ४ गते चार दलीय संयुक्त गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको पहिलो बैठकले नै कात्तिक २२ गते मुख्यमन्त्रीले विश्वासको...

कांग्रेस संसदीय दलका नेता बानियाँद्वारा तिहारको शुभकामना

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले तिहारको पावन अवसरमा स्वदेश, विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । तिहार पर्वको अवसरमा उनले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक...

कांग्रेस मकवानपुरको सांस्कृतिक विभागद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सांस्कृतिक विभागले शुभ दिपावली, नेपाल सम्बत्, छठ पर्वको अवसरमा हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । विभागले बुधबार हेटौंडाको रोयल पार्टी प्यालेसमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपालका चर्चित गायक सुगम पोखरेल, कृष्ण काफ्ले, गायिका राधिका हमाल, प्रतिमा अर्याल,...