प्रतिनिधिसभा २ (ख) मा रन्जन कालाखेती नेतृत्वको टिम घोषणा

तु खबर संवाददाता
२०७८ मंसिर २, बिहीबार १८:०४

मकवानपुर । भोलि मंसिर ३ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा युवा नेता रन्जन कालाखेतीको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरी कालाखेतीकोे नेतृत्वमा टिम घोषणा गरिएको हो । उनको नेतृत्वमा उपसभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ रहेका छन् ।

त्यसैगरी सचिव पदमा कृष्ण योञ्जन र नवराज पौडेल, सहसचिवमा गोपिलाल थिङ, र शालिकराम अधिकारी रहेका छन् । प्रतिनिधिसभा २ को प्रदेशसभा (ख) को प्रदेश प्रतिनिधिको खुल्ला महिलातर्फ देवकी उप्रेती, यासिका घिसिङ, पद्मादेवी श्रेष्ठ उम्मेदवार रहेका छन् ।

पुरुषतर्फको खुल्ला सदस्य पदमा निराजन बर्तौला, कृष्णहरि कालाखेती, निरशंकर लामा, कविता बर्तौला, वेलबहादुर मुक्तान, कान्छाराम रुम्बा र ज्ञानेन्द्र बर्तौलाकोे उम्मेदवारी रहेको छ । खस आर्यतर्फ जयन्ती पाठक, आदिवासी जनजातिबाट पुरुषतर्फ सागर जिम्बा, निजन घलान र ठुलोकान्छा लामा रहेका छन् भने महिलातर्फको सदस्यमा संगीता थिङ र सीता बल रहेका छन् ।

त्यस्तै, दलिततर्फ लोकबहादुर नेपाली र अल्पसंख्यकतर्फ विनोदकुमार प्रजाको उम्मेदवारी रहेको छ । कार्यक्रममा पार्टीका सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य शंकर न्यौपाने, नवराज उप्रेती, मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्तौला लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।