कांग्रेस क्षेत्र नम्वर १ प्रदेशसभा (क) को सभापतिमा श्रेष्ठ निर्विरोध

तु खबर संवाददाता
२०७८ मंसिर ३, शुक्रबार ११:०६

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेश सभा (क) मा सभापति पदमा सुशान्तकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । सभापतिमा उनको मात्रै उम्मेदवारी दर्ता भएपछि श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सचिव पदमा भूमिनन्द गौतम र शंकर पराजुली निर्विरोध भएका छन् ।

सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध भएका हुन् । सदस्य खुला महिला तर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी निर्विरोध भएका छन् । अन्य पदमा भने अरुको पनि उम्मेदवारी दर्ता भएकोले निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत गणेशप्रसाद हुमागाईले जानकारी दिए ।