राजनीति/ समाज
महाधिवेशन प्रतिनिधि मनोनयन गर्न एमालेको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले आज (सोमबार) स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल गर्न बैठक बोलाइएको हो । आजको बैठकमा महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट...
टिमुरेमा सिसी क्यामरा जडान
रसुवा । नेपाल प्रहरीले सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन यहाँस्थित टिमुरेमा सिसी क्यामरा जडान गरेको छ । नेपाल–चीनबीचको व्यापारिक कारोवारका लागि पछिल्लो सयम सो स्थानमा आवतजावत बढ्न थालेको छ । यसलाई निगरानी राख्न क्यामरा जडान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले टिमुरे क्षेत्रमा पिटिजेड...
राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ । महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए । उक्त पार्टीको यही मङ्सिर १५–१७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ ।प्रतिनिधि छनोटका लागि...
कांग्रेस मकवानपुरको प्रतिनिधिसभा निर्वाचन आज
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत मकवानपुरको प्रतिनिधिसभाको निर्वाचन आज (सोमबार) हुँदैछ । निर्वाचन प्रतिनिधिसभा क्षेत्र नम्वर १ को हेटौंडा उपमहागनरपालिका वडा नम्वर ४ स्थित रोयल पार्टी प्यालेसमा र क्षेत्र नम्वर २ को हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित डल्फिन चौरमा हुने नेपाली कांग्रेस मकवानपुर जिल्ला निर्वाचन अधिकृतको...
सर्वसम्मत पदाधिकारी चयन गर्न प्रधानमन्त्रीको आग्रह
इनरुवा । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गरेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका हुन् ।...
एमाले अध्यक्षमा डा. रावलको उम्मेदवारी घोषणा
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गरेका छन् । नेता रावलले आज पत्रकार सम्मेलन गरी पार्टीमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन १३ को सहीरूपमा पालना नभएकामा आलोचना गर्दै मुलुकका सामु विद्यमान चुनौतीको सामना गर्न लागिपर्ने गरी उम्मेदवारी...
काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न
नेपाली कांग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ गरी स्थानको अधिवेशन सम्पन्न भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि केही निर्वाचन क्षेत्रमा भने शनिबार नै अधिवेशन सम्पन्न भएको थियो । क्षेत्र...
जलेश्वरनाथ महादेवको पूजाअर्चना गर्न राष्ट्रपति आउँदै
जलेश्वर । बाह्रैमास जलमुनि बस्ने महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार यहाँ आउने भएकी छिन् । राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको पूजाअर्चना र दर्शनका लागि जलेश्वर आउने भएपछि उनको स्वागत, सत्कार र अभिनन्दन गर्न स्थानीयवासी आत्तुर देखिएका छन् । उनको स्वागतका...
युवा सङ्घद्वारा ६० जिल्लामा कमिटी विस्तार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट युवा सङ्घले ६० जिल्लामा कमिटी गठन गरेको छ । बाँकी ११ जिल्लामा सदस्यता वितरण गरी चाँडै कमिटी गठन गरिने जनाइएको छ । देशभर सङ्गठन निर्माण गरी युवा विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको उल्लेख गर्दै सङ्घले नगर तथा वडामा सङ्गठन निर्माण गर्नेक्रम...
कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई तीब्रता दिइएको छ– स्वास्थ्यमन्त्री खतिवडा
मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले छिमेकी राष्ट्र भारत, चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोप ल्याई सबै नेपाली नागरिकलाई खोप लगाउने कार्यलाई तीब्रता दिन सरकारले खोप ल्याउने कार्य सुरु गरिसकेको बताएका छन् । समाजवादी प्रेस संगठन मकवानपुरद्वारा आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले १२ वर्षदेखि १८ वर्ष...









