एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

तु खबर संवाददाता
२०७८ मंसिर ९,बिहीबार ०९:१६
file-photo

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिए ।

उनका अनुसार, बिहिबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । अब स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्ने जनाइएको छ । नेताहरूबीच भोलि वा पर्सी कहिले बस्ने भन्नेबारे छलफल भइरहे पनि समय भने नतोकिएको केन्द्रीय सदस्य पोखरेलल बताए । मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले सौराहामा बिहीबारका लागि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने तय गरेको थियो ।

सो बैठकबाट बन्दसत्र सञ्चालनका लागि ११ जनाको अध्यक्षमण्डलका साथै महाधिवेशन प्रतिनिधि सङ्ख्या समेत बढाउने निर्णय गरेको थियो । तर, आजै केन्द्रीय कमिटी स्थगित भए पनि एमाले अध्यक्ष ओली चितवन आएर विभिन्न आन्तरिक छलफलमा व्यस्त हुने भएका छन् । एमालेको १० औँ महाधिवेशन नारायणी नदी किनारमा शुक्रबार उद्घाटन हुँदैछ ।