राजनीति/ समाज
क्षेत्र नम्वर १ को सचिवमा सांगामी र लामा, अन्य पदमा को– को भए निर्वाचित ?
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वरको सचिवमा कविन सांगामी र दोर्जे लामा निर्वाचित भएका छन् । अर्का उम्मेदवार रमेश ढकाल पराजित भएको मतदान अधिकृत कृष्ण दाहालले जानकारी दिए । त्यस्तै महाधिवेशन प्रतिनिधिमा महिला खुल्लातर्फबाट उर्मीला कुमारी पुलामी ५९७, पवित्रा विश्वकर्मा ५८३, अन्जना उपाध्याय ४८७ र मिरा बञ्जारा...
नेकपा एमाले महाधिवेशन : थप एक सय ट्राफिक प्रहरी परिचालन गर्ने
चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा थप एक सय जनाभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । महाधिवेशनको उद्घाटनमा धेरै सवारीसाधन आउने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा बागमती...
एमाले महाधिवेशन : उद्घाटन मञ्चको काम ४० प्रतिशत सकियो
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरिने भएको छ । नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्च निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवम् एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए । प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका...
नेकपा मकवानपुरको आयोजनामा मोटरसाइकल र्याली
मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले आठौँ पार्टी पुनर्गठन दिवस तीन दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । विप्लव नेकपाले पार्टी पुनर्गठन दिवसको अवसरमा आज (सोमबार) हेटौंडामा मोटरसाईकल र्याली गरेको छ । हेटौंडा चौकिटोलस्थित पार्टी कार्यालयबाट सुरु भएको र्याली बुद्धचोक हुँदै राप्तीरोड, बसपार्कबाट सिमाचोक, फेरेष्टी, औद्यागिक क्षेत्र,...
एमाले महाधिवेशन : मकवानपुरबाट २ हजार मोटरसाइकलसहितको र्याली हुने
मकवानपुर । यही मंसिर १० गते चितवनको नारायणगढमा हुने नेकपा एमालेको १० औँ राष्ट्र्रिय महाधिवेशनको उद्घाटन सत्रको लागि मकवानपुरबाट २ हजार मोटरसाइकल, ५ सय सानो सवारी तथा २ सय वटा बससहितको र्याली मकवानपुरबाट लगिने भएको छ । महाधिवेशनको लागि एमाले मकवानपुरले निर्माण गरेको प्रचार समितिले आज हेटौँडामा गरेको पत्रकार...
दशौँ महाधिवेशन एकताको महाधिवेशन हुने
काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले वर्तमान एमाले तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको एकताको निरन्तरताको पार्टी भएकाले आशन्न दशौँ राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा नेता पोखरेलले २०७५ जेठ ३...
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्वर १ को सभापतिमा खनाल निर्विरोध
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को सभापतिमा दामोदर खनाल सर्वसम्मत चयन भएका छन् । सभापति पदका अर्का उम्मेदवार धर्म लामिछानेले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएको मतदान अधिकृत कृष्ण दाहालले तु खबरलाई जानकारी दिए । त्यस्तै कार्यसमितिको सचिव बाहेकको पदमा सहमतिबाटै...
नेपाल परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित
मकवानपुर । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनःएकनाथ ढकाल निर्वाचित भएका छन् । ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले आगामी पाँच वर्षका लागि एक अध्यक्ष दुई उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष गरी १०१ सदस्यीय केन्द्रीय...
कांग्रेसको १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै
काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन हुन लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस...
कांग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व
पाँचथर । नेपाली काँग्रेसको क्षेत्रीय कार्यसमितिले पहिलोपटक महिलालाई नेतृत्वका रुपमा पाएको छ । पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र नं ख को क्षेत्रीय सभापतिमा काँग्रेस नेत्री मैया श्रेष्ठ (लावती) फराकिलो मतान्तरले विजय भएसँगै काँग्रेस कार्यकारी जिम्मेवारीमा महिलालाई पुर्याउन सफल भएको छ । क्षेत्रीय कार्यसमिति सभापति पदमा प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामालाई ६४ मतको...








